सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

म्याग्दीको भिरकाटे–दोवा सडक स्तरोन्नति: लक्ष्यअघि नै सम्पन्न


  •    न्युजभित्तो/१७ फाल्गुन २०८२, आईतवार १२:२७ 
  • म्याग्दी, १७ फागुन । अन्नपूर्ण गाउँपालिका–१ भिरकाटेदेखि दोवा जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्यअघि नै सम्पन्न भएको छ ।

    गाउँपालिकाले चालु आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरेको भिरकाटे–दोवा सडक स्तरोन्नति योजनाका लागि गत पुस महिनामा भण्डारी निर्माण सेवाले रु ६५ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

    आगामी चैतसम्म ठेक्काको म्याद रहेको योजना लक्ष्यभन्दा एक महिनाअघि नै सम्पन्न भएको हो । सम्झौतालगत्तै पुसदेखि काम थालेको निर्माण कम्पनीले दुई महिनामै योजना सम्पन्न गरेको वडासदस्य बिर्खबहादुर गर्बुजाले बताउनुभयो ।

    बगरदेखि सुनारीटोल खण्डको अप्ठ्यारो ठाउँमा सडक स्तरोन्नति भएको हो । योजनामार्फत हाल तीनदेखि चार मिटर फराकिलो सडकलाई छ मिटरका दरले फराकिलो बनाएर, नाली, पर्खाल निर्माण, ३४० मिटरमा ढलान र ६० मिटर ग्राभेल गरिएको अन्नपूर्ण गाउँपालिकाका प्राविधिक गौरव भट्टले बताउनुभयो ।

    निर्माण कम्पनीका प्रतिनिधि मनोज भण्डारीले पर्याप्त उपकरण, मजदुर परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्यअघि नै योजना सम्पन्न गरेको बताउनुभयो । यो सडक मार्ग खुलेको १७ वर्षपछि स्तरोन्नति थालिएको हो ।

    विसं २०६६ मा स्थानीयवासीले करिब रु एक करोड चन्दा स¬ङ्कलन गरेर भिरकाटेदेखि दोवा जोड्ने आठ दशमलव दुई किलोमिटर दूरीको सडकको मार्ग खोलेका थिए । मार्ग खुलेदेखि हालसम्म सामान्य मर्मतका भरमा जिप, ट्रयाक्टर र मोटरसाइकलमात्र सञ्चालन हुँदै आएको साँघुरो, ग्रेड र घुम्ती नमिलेको सडकलाई अन्नपूर्ण गाउँपालिकाले स्तरोन्नति थालेको हो ।

    भिरकाटेस्थित कालीगण्डकी नदीमा मोटरेबल पुल बन्नुअघि नै ट्रयाक खुलेको भिरकाटे–दोवा सडकमा यसपालि हालसम्मकै धेरै बजेट विनियोजन भएको हो । वडासदस्य गर्बुजाका अनुसार तत्कालीन जिविसको रु १० लाख अनुदानका साथै गाउँले, पोखरा, काठमाडौँ र विदेशमा बस्ने दोबावासीले रु ९१ लाख चन्दा सहयोग जुटाएर सडक निर्माण गरिएको थियो ।

    गत वर्ष रु ३० लाखबाट मारका क्षेत्रमा सडक स्तरोन्नति गरेको गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु २५ लाख विनियोजन गरेर योजनालाई निरन्तरता दिएको छ । सडक स्तरोन्नति भएपछि दोवाका तीन सय घरपरिवार लाभान्वित हुनेछन् ।

    भिरकाटे–दोवा सडकलाई प्राथमिकताप्राप्त आयोजनामा समेटेर गाउँपालिकाले आगामी वर्षको बजेटमा निरन्तरता दिनुका साथै सङ्घीय र प्रदेश सरकारसँग पनि थप बजेट माग गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.