सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अब बिचौलियालाइ यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध


  •    न्युजभित्तो/१७ फाल्गुन २०८२, आईतवार ११:३४ 
  • कञ्चनपुर, १८ चैत । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गरेको छ । सेवाग्राहीलाई अनावश्यक दुःख, हैरानी तथा आर्थिक ठगी हुन थालेको गुनासो बढेपछि कार्यालयले औपचारिक सूचना जारी गर्दै यस्तो निर्णय गरेको हो ।

    कार्यालयका निमित्त प्रमुख रवीन्द्र चौधरीका अनुसार केही व्यक्तिहरूले सवारीसाधनको बीमा बनाइदिने, नवीकरण गरिदिने, निरोगिता प्रमाणपत्र बनाइदिनेलगायत काम गरिदिने भन्दै सेवाग्राहीलाई प्रलोभनमा पार्ने, अतिरिक्त रकम लिने तथा हैरानी दिने गरेको जनगुनासो कार्यालयमा पटकपटक आएपछि बिचौलियालाई कार्यालय प्रवेशमा रोक लगाइएको छ ।

    यस्ता गतिविधिले कार्यालयबाट प्रवाह हुने सेवामा अव्यवस्था र ढिलासुस्तीसमेत हुने गरेको उहाँको भनाइ छ । यदि कसैले यस्तो कार्य गरेको पाइएमा वा निषेध गरिएको क्षेत्रमा प्रवेश गरी सेवाग्राहीलाई दुःख दिएमा कानुनबमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाइने उहाँले उल्लेख गर्नुभयो ।

    यातायात व्यवस्था कार्यालयले सेवाग्राहीलाई आफ्नो कामका लागि सिधै कार्यालयको सम्बन्धित शाखा वा कर्मचारीसँग सम्पर्क गर्न आग्रह गरेको छ । कार्यालयले कुनै पनि सेवा लिन बिचौलियाको आवश्यकता नपर्ने र तोकिएको शुल्कबाहेक अतिरिक्त रकम नतिर्न सेवाग्राहीलाई अनुरोध गरेको छ । सेवाग्राहीलाई सहज, छिटो र पारदर्शी सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो कदम चालिएको निमित्त कार्यालय प्रमुख चौधरीले बताउनुभयो । उहाँले बिचौलिया नियन्त्रण भएपछि सेवाग्राहीले अनावश्यक झन्झट र अतिरिक्त खर्चबाट मुक्ति पाउने तथा सेवा प्रवाह थप व्यवस्थित हुने अपेक्षा गरिएको बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.