banner news

चितवनका अनिलसहित १३ नेपाली रसियामा अलपत्र

अशोक घिमिरे काठमाडौँ, (रासस) । ‘गार्मेन्ट टेलर’ पदमा श्रम स्वीकृति लिएर रसिया पुगेका १३ नेपाली युवा रोजगारदाताले काम नदिँदा अलपत्र परेका छन् । बौद्धस्थित काठमाडौँ ब्राइट ह्युमन रिसोर्स प्रालिबाट उडेका उनीहरु रसिया पुगेका तीन महीना पुग्दासमेत कम्पनीले काम नदिएपछि अलपत्र परेका...

काँग्रेसको जागरण होइन महाधिवेशन आवश्यक : शेखर कोइराला

बनेपा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काङ्ग्रेसलाई अहिलेको अवस्थामा जागरण अभियानभन्दा पनि चौथो महाधिवेशनको शुरुआत गर्नुपर्ने अवस्था रहेको बताउनुभएको छ ।  नेपाली काङ्ग्रेस पनौती नगरसमितिले आज बुधबार काभ्रेको पनौतीमा आयोजना गरेको राष्ट्रिय जागरण अभियानमा नेता कोइरालाले...

नेकपाले बिहीबार जिल्ला इञ्चार्ज र सहइञ्चार्ज टुङ्ग्याउँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बिहीबार जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज टुङ्गो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा छलफल गर्दै बिहीबार टुङ्गो लगाउने भएको पार्टीका प्रवक्ता...

पेट्रोलको मूल्य घट्यो

काठमाडौँ /  नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैँया घटाएको छ ।          ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैँयाका दरले समायोजन गरिएको निगमले...

बाँड्दा बाँड्दै सकियो भरतपुर अस्पतालको जग्गा, अहिले आफैलाई छैन

नारायण अधिकारी / रासस भरतपुर अस्पतालको नाममा रहेको जग्गा बाँड्दै गएपछि अहिले गुरुयोजनाअनुरुप काम गर्न अस्पताललाई नै जग्गाको अभाव देखिएको छ । अस्पतालको नाममा रहेको ३० बिगाहा ११ कट्ठा ६ धुर जग्गा बाँड्दा बाँड्दै अस्पतालसँग अहिले १० बिगाहा जग्गा मात्र...

पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकियो

काठमाडौँ । राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ । बहुप्रतिक्षित उक्त परियोजनाका जनशक्तिका लागि आठदिने तालीम दिइएपछि आउँदो असारभित्र सञ्चालनमा आउने भएको छ । पाइपलाइन सञ्चालनमा आएसँगै नेपाल आयल निगमलाई इन्धन...

नागरिक समाजको ठहर : प्रेसलाई अङ्कुश लगाउने मिडिया काउन्सिल विधेयक संशोधन गर्नैपर्छ

चितवन । राजनीतिक दलका नेता, नागरिक संघसंस्थाका अगुवा, पेशाकर्मी एवम् अधिकारकर्मीहरुले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक प्रेसमैत्री नभएकोले संविधानको भावनाअनुरुप प्रेसमैत्री बनाउनुपर्ने धारणा राखेका छन् । मिडिया काउन्सिल विधेयक संशोधन गर्न माग गर्दै आन्दोलन गरिरहेको नेपाल पत्रकार...

मोटरसाइकल चलाउनेहरु सावधान ! दुर्घटनामा ज्यान गुमाउनेमा मोटरसाइकल चालक सबैभन्दा धेरै

चितवन । चितवनमा दुर्घटनाका कारण मृत्यु हुने आधाभन्दा बढी मोटरसाइकलसँग सम्बन्धित रहेको तथ्याङ्कले देखाएको छ । साँघुरा सडक र बढ्दो सवारीका कारण दिनहुँ दुर्घटना हुने गरेका छन् । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सवारी दुर्घटनामा मृत्यु भएका एक सय...

टाटासुमो दुर्घटनामा तीन जनाको मृत्यु, तीन बेपत्ता, पाँच गम्भीर घाइते

रसुवा  / रसुवाको स्याफ्रुबेसी सडकखण्डमा सोमबार साँझ भएको टाटासुमो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । तीन जना अझै बेपत्ता छन् भने पाँच गम्भीर घाइते छन् ।            दुर्घटनामा परी मृत्यु हुनेमा आमाछोदिङ्मो गाउँपालिका–४ का ३२ वर्षीय नोर्वु तामाङ,...

नेपालमा चार लाख ८५ हजार दुर्व्यसनी

काभ्रेपलाञ्चोक । नेपालमा हाल चार लाख ८५ हजार दुर्व्यसनी (लागुऔषध प्रयोगकर्ता) रहेको एक तथ्याङ्कले देखाएको छ । त्यसमध्ये दुई लाख दुर्व्यसनी लागुऔषध छाड्न नसक्ने अवस्थाका छन् भने दुई लाख ८५ हजार छाड्न सक्ने अवस्थामा छन् । लागुऔषध दूव्र्यसन विरुद्धका अभियन्ता...