सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मोटरसाइकल चलाउनेहरु सावधान ! दुर्घटनामा ज्यान गुमाउनेमा मोटरसाइकल चालक सबैभन्दा धेरै


  •    /२१ जेष्ठ २०७६, मंगलवार १२:४४ 
  • चितवन । चितवनमा दुर्घटनाका कारण मृत्यु हुने आधाभन्दा बढी मोटरसाइकलसँग सम्बन्धित रहेको तथ्याङ्कले देखाएको छ ।

    साँघुरा सडक र बढ्दो सवारीका कारण दिनहुँ दुर्घटना हुने गरेका छन् । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सवारी दुर्घटनामा मृत्यु भएका एक सय २९ मध्ये ६५ जनाको मोटरसाइकल दुर्घटनाका कारण ज्यान गएको हो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार, चालू आर्थिक वर्षमा भएका दुर्घटनामा परी निधन भएकामध्ये ५३ जना स्वयम् मोटरसाइकलमा रहेका थिए । मोटरसाइकलले ठक्कर दिएर नौ जना पैदल यात्रीको मृत्यु भएको छ भने तीन जना साइकल यात्रीले मोटरसाइकलकै ठक्करबाट ज्यान गुमाएका छन् । कार्यालयले मोटरसाइकल स्वयम् चालकका लागि मात्र होइन अरूका लागि पनि असुरक्षित सवारी देखिएको जनाएको छ ।

    उक्त अवधिमा दुई सय ५३ वटा सवारी दुर्घटना भएका छन् । जसमा तीन सय ९२ सवारी साधन परेका थिए । ती दुर्घटनामा एक सय ७८ वटा मोटरसाइकल परेको कार्यालयले जनाएको छ । यसैगरी दुर्घटना पर्नेमा दोस्रो स्थानमा ट्रक÷ट्याङ्कर रहेका छन् । सो अवधिमा ६५ वटा ट्रक/ट्याङ्कर दुर्घटनामा परेको ट्राफिक कार्यालयको तथ्याङ्क छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार दुर्घटनाको कारणमध्ये अधिकांश घटना मोटरसाइकल अनियन्त्रित भएर हुने गरेका छन् । साँघुरो सडक, अत्यधिक सवारी चाप र तीव्र गतिका कारण दिनहुँ दुर्घटना हुने गरेको उहाँले बताउनुभयो ।

    मोटरसाइकल दुर्घटनामा पर्नेहरु २० देखि ४० वर्ष उमेरसमूहका रहेका गिरीले जानकारी दिनुभयो । ठाउँठाउँमा सवारी चेकजाँच, जनचेतनाका कार्यक्रमसँगै गति परीक्षणका लागि उपकरण मगाउने काम पनि भइरहेको उहाँको भनाइ छ । कार्यालयले स्कूल–कलेजहरुका विद्यार्थीहरुलाई लक्षित गरी ट्राफिक जनचेतनाका कार्यक्रम पनि गर्दै आएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त
    हरेक व्यवसाय मानव अधिकारमैत्री हुनुपर्छः न्यायाधीश फुयाँल
    महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम
    • रास्वपा महाधिवेशन: मतदानको तयारी हुँदै
    • बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
    • तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह
    • इच्छाकामनाले ल्यायो ६८ करोड ४२ लाखको बजेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.