banner news

हिन्द महासागर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री मरिसस जाँदै
-न्युजभित्तो

काठमाडौँ, २६ चैत । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा मरिससको राजधानी लुइसमा भोलिदेखि आयोजना हुने नवौँ हिन्द महासागर सम्मेलन (आइओसी) मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ । ‘हिन्द महासागर शासनका लागि सामूहिक संरक्षकत्व’ शीर्षक...

भक्तपुरमा दशौँ कृषि तथा व्यापार महोत्सव
-न्युजभित्तो

भक्तपुर, २६ चैत । नयाँ वर्ष २०८३ सालको अवसरमा भक्तपुरमा ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२र८३’ आजदेखि सुरु भएको छ ।  औद्योगिक शान्ति नेपाल संस्थाले आजदेखि भक्तपुरको सल्लाघारीमा आयोजना गरेको महोत्सवमा १८० विभिन्न प्रदर्शनी कक्ष रहेको सथाका...

भोजपुरको ‘लुङथुङ’ ओझेलमा
-न्युजभित्तो

भोजपुर, २६ चैत । यहाँको हतुवागढी गाउँपालिका–४ स्थित ‘लुङथुङ’ प्रचारप्रसारका अभावमा ओझेलमा परेको छ । ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिए पनि आवश्यक संरक्षण, अध्ययन र प्रवद्र्धन नहुँदा यसको पहिचान सीमित बन्दै गएको छ । स्थानीयवासी विजयकुमार राईका अनुसार ‘लुङथुङ’ नाम आफैँमा...

अध्यक्ष ओली र नेता लेखक रिहा
-न्युजभित्तो

काठमाडौं, २६ चैत । प्रहरी हिरासतमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा हुनुभएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख रमेश थापाले अध्यक्ष ओली र नेता लेखकलाई हाजिर जमानीमा थुनामुक्त गरिएको...

फोहर वर्गीकरण गर्न टीकापुरको आग्रह
-न्युजभित्तो

भजनी (कैलाली), २६ चैत । टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह गरेको छ । फोहरलाई घरभित्रबाट अलग अलग गरेर राखिएमा व्यवस्थापनमा सहयोग पुग्ने नगरपालिकाले जनाएको छ । यसका लागि नगरपालिकाले टोल, बस्ती तथा बजार क्षेत्रमा जनचेतनामूलक कार्यक्रम...

छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु
-न्युजभित्तो

काठमाडौँ, २६ चैत । बुधबार अपराह्न पाटनको दरबार क्षेत्रमा छुरा प्रहारबाट गम्भीर घाइते भएका झापाका दुई युवकको मृत्यु भएको छ । स्थानीय बिएण्डबी अस्पतालमा उनीहरूको आज बिहान मृत्यु भएको हो । ललितपुर जिल्ला प्रहरी परिसरका अनुसार झापाको कमल गाउँपालिका–६ का...

‘अनलाइन’बाट मतदाता नाम दर्ता
-न्युजभित्तो

तनहुँ, २६ चैत । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरिएको छ । राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गरी अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरिइएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले भन्नुभयो, “आवेदन दिनेमध्ये करिब...

छात्रवृत्ति प्रदान गर्न एक करोडको अक्षयकोष
-न्युजभित्तो

ढोरपाटन (बागलुङ), २६ चैत । बागलुङको धौलागिरि बहुमुखी क्याम्पसमा रु एक करोड बढीको अक्षयकोष स्थापना गरिएको छ । विसं २०७९ मा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियनका सभापति सुदीप सागर कँडेलको नेतृत्वले छात्रवृत्ति प्रदान रु एक करोड नौ लाख ४१ हजार...

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष
-न्युजभित्तो

गलकोट (बागलुङ), २६ चैत । लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक कालोपत्र गरिएको छ । दुई वर्षमा सक्नुपर्ने सडक पाँच वर्ष बित्दा बल्ल कालोपत्र भएको हो । उक्त सडक गाउँपालिकाकै पहिलो लामो कालोपत्र सडक भएको...

किसानलाई अधिकतम दुई लाखसम्म अनुदान
-न्युजभित्तो

इलाम, २६ चैत । माइजोगमाई गाउँपालिकामा सञ्चालित ‘उपाध्यक्षसँग युवा उद्यमी’ कार्यक्रमबाट स्थानीयस्तरमै रोजगारी सिर्जना भएको छ । यसका लागि दुग्ध तथा घ्यू प्रशोधन , कोदोको बिस्कुट उत्पादन र यस वर्ष ललिपप निर्माण तथा दुग्ध उत्पादन प्रशोधनसम्बन्धी तालिम सञ्चालन गरिएको...