सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

छात्रवृत्ति प्रदान गर्न एक करोडको अक्षयकोष


  •    न्युजभित्तो/२६ चैत्र २०८२, बिहीबार ११:४२ 
  • ढोरपाटन (बागलुङ), २६ चैत । बागलुङको धौलागिरि बहुमुखी क्याम्पसमा रु एक करोड बढीको अक्षयकोष स्थापना गरिएको छ । विसं २०७९ मा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियनका सभापति सुदीप सागर कँडेलको नेतृत्वले छात्रवृत्ति प्रदान रु एक करोड नौ लाख ४१ हजार ६५१ को अक्षयकोष स्थापना गरेको हो ।

    विसं २०८० को तिहारमा देउसीभैलोबाट स्ववियु कार्यसमितिले अक्षयकोष निर्माण अभियान चलाएको थियो । अहिले आएर पूरा भएपछि क्याम्पसलाई हस्तान्तरण गरेको छ । विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिएर पढ्ने वातावरण बनाउनका लागि कोष स्थापना गरिएको निर्वतमान स्ववियु सभापति सुदीप सागर कँडेलले बताउनुभयो ।

    यस क्याम्पसमा स्नातक तहमा विज्ञान, बिबीए र बिसीआइटी विषयको अध्यापन गरिन्छ । त्यसबाहेक स्नातकोत्तर तहमा एमबिएस, मानविकीतर्फ समाजशास्त्र, नेपाली, अङ्ग्रेजी तथा शिक्षा सङ्कायमा अध्यापन हुँदै आएको छ । क्याम्पसमा प्राविधिक विषय पढ्न चाहने विपन्न विद्यार्थीलाई यो कोषबाट सहयोग गरिने कँडेलले बताउनुभयो ।

    कार्यविधि बनाएर विद्यार्थीको छनोट गरी छात्रवृत्ति दिने क्याम्पस प्रमुख सुदर्शन सिलवालले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.