सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भक्तपुरमा दशौँ कृषि तथा व्यापार महोत्सव


  •    न्युजभित्तो/२६ चैत्र २०८२, बिहीबार १४:४८ 
  • भक्तपुर, २६ चैत । नयाँ वर्ष २०८३ सालको अवसरमा भक्तपुरमा ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२र८३’ आजदेखि सुरु भएको छ । 

    औद्योगिक शान्ति नेपाल संस्थाले आजदेखि भक्तपुरको सल्लाघारीमा आयोजना गरेको महोत्सवमा १८० विभिन्न प्रदर्शनी कक्ष रहेको सथाका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभयो । उहाँले उपभोक्तालाई एकै स्थानमा दैनिक उपभोग्य तथा सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँ वर्षको अवसरमा बृहत् औद्योगिक तथा व्यापार महोत्सव आयोजना गरेको बताउनुभयो ।

    महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामग्री, खाद्यान्नका सामग्री, विभिन्न प्रकारका लत्ताकपडा, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामग्री प्रदर्शनी एवं बिक्रीका लागि राखिएको उहाँले बताउनुभयो ।

    औद्योगिक उत्पादनको प्रदर्शनी, हस्तकलाका प्रदर्शनी, काष्ठकला, माटोका भाडा, स्थानीय घरेलु उत्पादन, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, प्रविधिसम्बन्धी गतिविधि, अटो मोबाइल प्रदर्शनी, विद्युतीय मेसिन कृषि औजार प्रदर्शनी, मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको प्रदर्शनी, व्यापार तथा पर्यटकीय प्रदर्शनी, लत्ताकपडा तथा भाँडाकुँडाको प्रदर्शनी एवं बिक्रीका लागि राखिएको उहाँले बताउनुभयो ।

    स्थानीय उत्पादनलाई बजार प्रवद्र्धन गर्ने, राष्ट्रिय तथा अन्तरराष्ट्रिय ब्राण्डका विभिन्न सामान एकै थलोमा सुपथ मूल्यमा उपलब्ध गराउने, भक्तपरको कला, संस्कृति, उत्पादन र सांस्कृतिक परम्परालाई कै थलोमा प्रर्दशन गर्दै प्रचार गर्ने उदेश्यले नयाँ वर्षको अवसरमा महोत्सवको आयोजना गरेको जानकारी दिनुभयो ।

    महोत्सवको संयोजक दीपक थापाले करिब पाँच लाखभन्दा बढीले   महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको जानकारी दिनुभयो । महोत्सवमा बिक्री गरिने सामानहरुमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । भक्तपुर, काठमाडाँै, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दाले समेत यसबाट लाभ लिन सक्ने बताउँदै महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्ग र पाँच वर्षमुनिका बालबालिकालाई प्रवेश निःशुल्क गरिएकोे बताउनुभयो । 

    महोत्सवमा मुख्य आकर्षणको रुपमा ‘लन्डन ब्रिज’ देखि दैनिक राष्ट्रियस्तरका चर्चित गायकगायिकाका साङ्गीतिक प्रस्तुति रहने छ । उत्कृष्ट बाल उद्यान, रोटी पिङ्ग, ड्रागन ट्रेन, नाउ तथा बच्चाको खेलौना, विभिन्न प्रकारका खाना महोत्सव रहनेछ । 

    दैनिक रुपमा राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरुको गीत, सङ्गीतसहितको साङ्गीतिक प्रस्तुति, हाँस्य व्यङ्ग्य फेसन शो, नृत्य प्रतियोगिताले महोत्सवलाई थप आकर्षण बनाउने अध्यक्ष महत बताउनुहुन्छ । महोत्सव वैशाख ६ गते सम्पन्न हुनेछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.