banner news

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
-न्युजभित्तो

काठमाडौँ, २७ चैत । स्थानीय बजारमा आज सुनकोे मूल्य बढेको छ भने चाँदीको मोल घटेको छ । सुन प्रतितोला रु दुई हजार २०० ले बढेको छ भने चाँदी तोलामा रु ८५ ले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...

सभामुख अर्याल र अध्यक्ष दाहालबीच भेटवार्ता
-न्युजभित्तो

काठमाडौँ, २६ चैत । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । सभामुखमा अर्याल निर्वाचित भएपछि उहाँहरुबीच पहिलो औपचारिक भेटवार्ता भएको हो ।  भेटमा अध्यक्ष दाहालले सभामुख अर्याललाई बधाईसहित कार्यकाल सफलताको शुभकामना दिनुभएको...

नेप्से परिसूचक ४८ अंकले बढ्यो
-न्युजभित्तो

काठमाडौँ, २६ चैत । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अङ्कले बढेर दुई हजार ८५१ दशमलव २४ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ७३ प्रतिशतको वृद्धि हो । आज ३३८ कम्पनीको दुई करोड ७९ लाख...

एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने
-न्युजभित्तो

काठमाडौं, २६ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारका लागि केही दिन अस्पतालमै रहनुहुने भएको छ । जेनजी आन्दोलन घटनाको छानबिन गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदनका आधारमा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहनुभएका...

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
-न्युजभित्तो

काठमाडौँ, २६ चैत । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मकवानपुरको बकैया गाउँपालिका–१२ की ३० वर्षीया वास्ना माया योञ्जन, चन्द्रागिरि नगरपालिका–१४ नैकापका २३ वर्षीय आयुष केसी, दोलखाको भीमेश्वर नगरपालिका–४...

लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
-न्युजभित्तो

काठमाडौँ, २६ चैत । देशका विभिन्न स्थानबाट लागूऔषधसहित २५ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका–७ बाट ३०५ थान ट्रामाडोल ट्याब्लेटसहित दुई, सोही महानगरपालिका–२६ मित्रनगरबाट दुई, चितवनको कालिका नगरपालिका–२ बाट एक र माडी नगरपालिका–६ बाट दुई...

दुई दिन सार्वजनिक बिदालाई निरन्तरता दिन माग
-न्युजभित्तो

चितवन, २६ चैत । साताको दुई दिन बिदा हुँदा आन्तरिक पर्यटन प्रवरद्धन हुने अपेक्षा गरिएको छ । सरकारले यसअघि छोटो समयका लागि गरेको दुई दिन बिदाले पर्यटकीय क्षेत्रमा केही सुधार देखिएको थियो । सरकारले इन्धन खपत घटाउन शनिबार र आइतबार...

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन
-न्युजभित्तो

काठमाडौँ, २६ चैत । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गिता चौधरीले कालीमाटीस्थित फलफूल तथा तरकारी बजारको स्थलगत निरीक्षण गर्नुभएको छ ।  बजार व्यवस्थापनमा कमजोरी भएको बारे गुनासो आएपछि मन्त्री चौधरीले आज कालीमाटी  पुगेर तरकारी बजारको अनुगमन गर्नुभएको...

श्रममन्त्रीलाई पदमुक्त गर्ने प्रधानमन्त्रीको निर्णय
-न्युजभित्तो

काठमाडौँ, २६ चैत । प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गर्नुभएको छ ।  प्रधानमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार आज साहलाई पदबाट हटाउने निर्णय गर्नुभएको हो । लामो समयदेखि निष्क्रिय अवस्थामा राखिएकी स्वास्थ्य बिमा...

‘लाइसेन्स’ छपाइ तीव्र गतिमा
-न्युजभित्तो

काठमाडौँ, २६ चैत । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी रहेको छ । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार हाल दैनिक करिब ४० हजार हाराहारी मा ‘लाइसेन्स’ छपाइ भइरहेको छ । उहाँले ‘लाइसेन्स’ छपाइलाई उच्च प्राथमिकतामा...