banner news

चितवनमा ४६ संक्रमित थपिँदा ६५ संक्रमणमुक्त,
-न्युजभित्तो

चितवन, १ असोज । स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ४६ संक्रमित थपिँदा ६५ संक्रमित संक्रमण मुक्त भएका छन् । एक जनाको मृत्यु भएको छ । साउनमा कोरोना संक्रमणदर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको  छ । नयाँ संक्रमित थपिनेभन्दा...

ऊर्जामन्त्री भुसालसँग यूएयी राजदूतको शिष्टाचार भेट
-न्युजभित्तो

काठमाडौं, १ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स ९यूएयी० का राजदूत सइद हम्दन अल–न्वाबीले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र यूएयीबीच रहिआएको अपसी सम्बन्धका विविध पक्षमा...

एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय उद्‍घाटन
-न्युजभित्तो

काठमाडौं, १ असोज । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय औपचारिक रुपमा उद्‍घाटन गरिएको छ । अध्यक्ष माधवकुमार नेपाल शुक्रबार बिहान नयाँ बानेश्वरस्थित आलोकनगरमा पार्टीको कार्यालयको उद्‌घाटन गरेका हुन् उद्‌घाटन कार्यक्रममा उनले राष्ट्र र जनता पार्टीको गतिविधि केन्द्रमा रहने बताउदै जनतालाई दशथरी...

परराष्ट्र मन्त्रालय जानु बाध्यता हो, अन्यथा होइन : आचार्य
-न्युजभित्तो

काठमाडौं, १ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आसन्न निर्वाचनका क्रममा प्रतिनिधि छनोटमा भएका अनियमितका बारेमा परराष्ट्र मन्त्रालयमा निवदेन दिँदा राजनीतिक हस्तक्षेप भयो भन्न नमिल्ने एनआरएनएका सल्लाहकार कूल आचार्यले प्रष्ट पार्नुभएको छ । आसन्न १०औँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार बन्न लाग्नुभएका...

प्रधानमन्त्री देउवाद्वारा शुभकामना
-न्युजभित्तो

काठमाडौं, १ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको ७१औँ जन्मोत्सवका अवसरमा सुस्वाथ्य र सफलताको शुभकामना दिनुभएको छ । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत सो शुभकामना दिनुभएको हो । ...

नेपाललाई रातो सूचीबाट हटाउन बेलायत सरकारसँग माग
-न्युजभित्तो

काठमाडौं, १ असोज । कोभिड–१९ महामारीका कारण नेपाललाई रातो सूचीबाट हटाउन गैरआवासीय नेपाली सङ्घ युकेले बेलायत सरकारलाई एक पत्र पठाएर माग गरेको छ । अध्यक्ष प्रेमगाहा मगरले पठाएको पत्रमा नेपाल र बेलायतबीचको भ्रमणमा देखिएका अव्यवहारिक मापदण्ड हटाउन अनुरोध गरिएको...

भौतिक उपस्थितिमा तत्काल पठनपाठन शुरु नगर्न काठमाडौं प्रशासनको आदेश
-न्युजभित्तो

काठमाडौं, १ असोज । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि अर्को व्यवस्था नभएसम्मका लागि भौतिक उपस्थितिमा पठन पाठन शुरु नगर्न आदेश जारी गरेको छ । तोकिएका मापदण्ड पूरा नगरी कतिपय विद्यालयहरुले आजदेखि विद्यालय सञ्चालनको तयारी गरेको सन्दर्भमा प्रशासनले यस्तो आदेश जारी...

नेपालमा थप १,५११ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं, ३१ भदौ । पछिल्लो २४ घण्टामा १,५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार २ सय ८ पीसीआर परीक्षण गर्दा १ हजार १६५ जना र ३ हजार ९७१ एन्टिजेन परीक्षण गर्दा ३ सय ४६ गरी १...

सङ्खुवासभा हत्या काण्ड : लोकबहादुरका भाइ पनि अनुसन्धानको दायरामा
-न्युजभित्तो

किमाथाङ्का, ३१ भदौ । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न लोकबहादुर कार्कीका भाइ नरेशलाई पनि प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । हत्या गरिएकी लोकबहादुरकी ३२ वर्षीया बुहारी रञ्जनाको मोबाइल सेट प्रहरीले अनुसन्धानका क्रममा नरेशको साथबाट...

स्वास्थ्यकर्मीमाथि हातपातः कारबाहीको माग
-न्युजभित्तो

मकवानपुर, ३१ भदौ । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । हेटौँडा अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमाथि गएराति बिरामीका आफन्तले हातपात गरेका हुन् । केही व्यक्तिले आक्रमण गर्दा एक प्रशिक्षार्थी स्वास्थ्यकर्मी घाइते भएको मदन भण्डारी स्वास्थ्य...