सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्वास्थ्यकर्मीमाथि हातपातः कारबाहीको माग


  •    न्युजभित्तो/३१ भाद्र २०७८, बिहीबार १४:१० 
  • मकवानपुर, ३१ भदौ । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ ।

    हेटौँडा अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमाथि गएराति बिरामीका आफन्तले हातपात गरेका हुन् । केही व्यक्तिले आक्रमण गर्दा एक प्रशिक्षार्थी स्वास्थ्यकर्मी घाइते भएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालले जनाएको छ । प्रतिष्ठानका अनुसार दुर्घटनामा परी घाइते भएका एक व्यक्तिलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । उपचारका लागि कारमा आएका ती घाइते व्यक्तिलाई अस्पतालको आकस्मिक कक्षसम्म पु¥याउन स्टेचर नभएको भन्दै उनका आफन्तले फलामको कुर्सीले स्वास्थ्यकर्मीलाई प्रहार गरेको हो ।

    कुर्सी प्रहारबाट अस्पतालमा कार्यरत प्रशिक्षार्थी स्वास्थ्यकर्मी समृद्धि श्रेष्ठको खुट्टामा चोट लागेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार २० वर्षीय श्रेष्ठ अध्ययनपश्चात प्रशिक्षणका लागि हेटौँडा अस्पतालमा आउनुभएको थियो । उक्त घटनापछि आक्रोशित बिरामीका आफन्तले बिरामीलाई तत्काल हेटौंडा–११ थानाभर्याङस्थित चुरेहिल अस्पतालमा लगेको जनाइएको छ ।

    कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको बेला रातको समयमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोध गर्दै आवश्यक कारबाही प्रक्रिया अघि बढाउन हेटौँडा अस्पतालले प्रहरीसमक्ष मौखिक जानकारी दिएको अस्पताल विकास तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईँले जानकारी दिनुभयो ।

    उहाँले सिसीटिभी फुटेज र आवश्यक प्रमाणसहित आज प्रहरीसमक्ष लिखित उजुरी दिएर कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    • राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    • कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.