banner news

काठमाडौँ–विराटनगर हवाई उडान अवरुद्ध
-न्युजभित्तो

काठमाडौँ, ३ कात्तिक । लगातारको वर्षापछि आएको बाढीका कारण विराटनगर विमानस्थल डुबानमा परेको छ । विमानस्थल जलमग्न भएपछि सम्पूर्ण उडान प्रभावित भएको छ । काठमाडौँ–विराटनगर हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थल अवरुद्ध भएपछि बुद्ध एयर...

सरकारका सय दिन : महामारी नियन्त्रणदेखि आर्थिक विकासका प्रयाससम्म
-न्युजभित्तो

काठमाडौँ, ३ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको आज १०० दिन पुगेको छ । यस अवधिमा पूर्ववर्ती सरकारले छाडेर गएको अन्यौलग्रस्त विसङ्गती र अस्थिरताबाट मुलुकलाई मुक्ति दिलाउने गहन जिम्मेवारीका साथ वर्तमान सरकारले मुख्य गरी विकास,...

बाढी र पहिरोमा परी प्रदेश १ मा २२ जनाको मृत्यु
-न्युजभित्तो

विराटनगर,३ कात्तिक । बाढी र पहिरोमा परी प्रदेश १ मा २२ जनाको मृत्यु भएको छ । अविरल वषरसँगै आएको बाढी र पहिरोका कारण पहाडी जिल्लामा २० र तराईका जिल्लामा दुई जनाको मृत्यु भएको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालयका...

बेमौसमी वर्षाको पीडा : १८ को मृत्यु, ३३ सम्पर्कविहीन
-न्युजभित्तो

काठमाडौँ, ३ कात्तिक । मनसुन बाहिरिएको हप्ता दिन नबित्दै बेमौसममा परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर १८ जनाको मृत्यु भएको छ । विपद्मा परेर विभिन्न जिल्लाका ३३ जना सम्पर्कविहीन छन् । गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला...

धनकुटामा पहिराले घर पुरिँदा छ जनाको मृत्यु
-न्युजभित्तो

धनकुटा ३ कात्तिक । धनकुटाको चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराले घर पुर्दा छ जनाको मृत्यु भएको छ । राति करिब १२ बजेतिर घरमाथिबाट खसेको पहिराले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरेको हो । पहिराले पुर्दा घरमा सुतिरहेका श्रेष्ठसहित छ...

पोलियो दिवसमा दुईदिन र्‍याली हुने
-न्युजभित्तो

चितवन, ३ कात्तिक । पोलियो रोगविरुद्ध सचेतना जगाउने उद्देश्यले यहाँ यही ६ र ७ गते याली आयोजना गरिने भएको छ । रोटरी डिष्ट्रिक ३२९२ अन्तर्गत रिजन ६ का सात क्लब मिलेर आयोजना गर्न लागिएको सो साइकल यालीको पहिलो दिन...

हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु
-न्युजभित्तो

महेन्द्रनगर, ३ कात्तिक । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मृत्युहुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उहाँका श्रीमती ४५ वर्षीया मधुराको आज विहान मृत्यु भएको...

आज पूर्वी र मध्य नेपालमा भारी वर्षाको सम्भावना, मौसम सफा हुन अझै केही दिन लाग्ने
-न्युजभित्तो

काठमाडौं, ३ कात्तिक। जारी वर्षा अझै केही दिन कायम रहने भएको छ । शुक्रबारसम्म देशका विभिन्न स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । महाशाखाका अनुसार आज पूर्वी नेपालमा भारी वर्षाको सम्भावना रहेको छ । आइतबारदेखि पश्चिम नेपालमा...

सुदूरपश्चिमका मुख्‍यमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
-न्युजभित्तो

धनगढी,२ कात्तिक । सुदूरपश्चिम प्रेदशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । अविरल वर्षासँगै प्रदेशका विभिन्न ठाउँमा आएको बाढी, पहिरो तथा उद्दार र राहतका विषयमा छलफल गर्न मुख्यमन्त्री भट्टले आकस्मिक बैठक बोलाएका हुन् । आन्तरिक मामिला तथा कानून...

कर्णाली नदी गाउँ पस्यो, स्थानीयलाई सुरक्षित स्थानतर्फ सारिँदै
-न्युजभित्तो

कैलाली,२ कात्तिक। कर्णाली नदीमा आएको बाढी गाउँ पसेको छ । टीकापुर नगरपालिका -५ शाहीपुरस्थित निर्माणाधीन तटबन्ध भत्किएर नदी गाउँ पसेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बाढीबाट सयौँ परिवार...