banner news

सर्वदलीय बैठक बस्नुुअघि सत्तारुढ दलको बैठक बस्दै
-न्युजभित्तो

काठमाडौँ, ४ पुस  । विभिन्न राष्ट्रिय मुद्दामा साझा धारणा बनाउन सत्तारुढ दलको बैठक बोलाइएको छ । सरकार प्रवक्तसमेत रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सत्तारुढ दलको बैठक आज दिउँसो २ बजे बैठक बोलाइएको छ । सर्वदलीय बैठक अघि विभिन्न राष्ट्रिय...

प्रथम नवलपुर महोत्सव पुस ८ देखि १७ सम्म महोत्सव हुने
-न्युजभित्तो

नवलपुर, ४ पुस । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा प्रथम नवलपुर खाना, पर्यटन, संस्कृति तथा व्यापारिक महोत्सव हुने भएको छ । होटल व्यवसायी सङ्घ नवलपुरको आयोजनामा हुने सो महोत्सव यही पुस ८ देखि १७ गतेसम्म जारी रहने छ । सङ्घ अध्यक्ष सन्तोष...

साफ यू–१९ महिला फुटबल : नेपालले आज भारतको सामना गर्दै
-न्युजभित्तो

काठमाडौँ, ४ पुस । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज आइतबार भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले भारतको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो २ : ४५ बजे सुरु हुनेछ । शीर्ष...

किराँत समुदायले आज उधौली पर्व मनाउँदै, राष्ट्रपतिद्वारा शुभकामना
-न्युजभित्तो

काठमाडौँ, ४ पुस । आज पितृको मान र प्रकृतिको सम्मानका रुपमा किराँत समुदायले मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन उधौली पर्व मनाउँदै छन् । किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाउँदै...

एमसीसीबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै, एमाले नजाने
-न्युजभित्तो

काठमाडौं,४ पुस  ।संसदमा जारी अवरोध र एमसीसीबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। आज अपरान्ह ४ बजे बोलाइएको बैठकमा एमसीसीबारे साझा धारणा बनाउँदै संसदमा एमालेको जारी अवरोध हटाउने विषयमा छलफल हुने भएको छ। बैठकमा संसद्मा सहभागि...

चितवन मेडिकल कलेज शिक्षण अस्पतालले कपाल रोप्न (प्रत्यारोपण गर्न) ऋण दिने
-न्युजभित्तो

नारायण अधिकारी चितवन, ४ पुस । उद्योग व्यवसाय गर्न ऋण पाइनु त सामान्य मानिन्छ तर यहाँ कपाल रोप्न पनि ऋणको व्यवस्था गरिएको छ । यहाँस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालले कपाल रोप्न (प्रत्यारोपण गर्न) आउने सेवाग्राहीलाई ऋणको व्यवस्था गरेको हो...

पहिचानले राष्ट्रियता सदृढ हुन्छ : अध्यक्ष प्रचण्ड
-न्युजभित्तो

काठमाडौँ, ४ पुस । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानीपूर्ण सङ्घर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको बताउनुभएको छ । किराँत समुदायको पर्व उधौली तथा नेवार समुदायले...

नेपालमा पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं, ३ पुस  । पछिल्लो २४ घण्टामा १८९ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ५ हजार ४८३ पीसीआर र २ हजार ५१४ जनाको एन्टीजेन परीक्षणका क्रममा १८९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल...

भोलिदेखि स्तरोन्नतिका लागि मनकामना केबलकार चार दिन बन्द हुने
-न्युजभित्तो

मुग्लिन, ३ पुस । मनकामना केबलकार चार दिन बन्द हुने भएको छ । स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गर्ने भएको हो । मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका...

वैदेशिक रोजगारको क्षेत्रमा हुनसक्ने ठगी नियन्त्रण गर्न र्‍यापीड रेस्पोन्स टीम गठन
-न्युजभित्तो

काठमाडौं, ३ पुस । सरकारले वैदेशिक रोजगारको क्षेत्रमा हुनसक्ने ठगी नियन्त्रण गर्न शीघ्र प्रत्युत्तर टोली ( र्‍यापीड रेस्पोन्स टीम) गठन गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशकको प्रत्यक्ष अनुगमनमा रहने गरी तथा सम्बन्धित अन्तर्निकायको प्रतिनिधित्व हुने गरी शीघ्र प्रत्युत्तर...