सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रथम नवलपुर महोत्सव पुस ८ देखि १७ सम्म महोत्सव हुने


  •    न्युजभित्तो/४ पुष २०७८, आईतवार ११:२४ 
  • नवलपुर, ४ पुस । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा प्रथम नवलपुर खाना, पर्यटन, संस्कृति तथा व्यापारिक महोत्सव हुने भएको छ । होटल व्यवसायी सङ्घ नवलपुरको आयोजनामा हुने सो महोत्सव यही पुस ८ देखि १७ गतेसम्म जारी रहने छ ।

    सङ्घ अध्यक्ष सन्तोष रानाले महोत्सवमा नवलपुरमा रहेका जनजातिको खानाका साथै प्याराग्लाइडिङ, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गल सफारी र नारायणी नदीमा डुङ्गा सफारी लगायतका कार्यक्रम आयोजना हुने जानकारी दिनुभयो ।

    कावासोती–८ स्थित खेल मैदानमा हुने महोत्सवमा प्रदर्शनी स्थल निर्माण सुरु गरिएको छ । जिल्लामा पहिलो पटक आयोजना गर्न लागिएको महोत्सवमा करिब २०० प्रदर्शनी कक्ष रहने छ । महोत्सवको तयारीसँगै स्थानीय सञ्चारमाध्यमबाट प्रचारप्रसार तथा माइकिङ गर्नेदेखि ब्यानर, स्वागतद्वार निर्माणसहितका काम अगाडि बढाइएको छ ।

    यसैबीच महोत्सवमा आकर्षणका रुपमा प्याराग्लाडिङ राखिने भएको छ । प्याराग्लाइडिङ गर्न इच्छुक व्यक्तिलाई कावासोतीको बालुवा डाँडामा लगेर प्याराग्लाइडिङ गराइनेछ । केही समय अगाडि सफल परीक्षण गरिएको प्याराग्लाइडिङ कावासोतीको बालुवा डाँडाबाट हात्तीखोरसम्म गराइनेछ ।

    बालुवा डाँडाबाट गराइने प्याराग्लाइडिङमा एक जना व्यक्तिले करिब २५ मिनेट समय बिताउने बताइएको छ । दैनिक १० देखि ३५ वटासम्म प्लाइट गर्न सकिने गरी तयारी भएको र त्यसका लागि पाँच जना पाइलटसमेत निश्चित गरिएको आयोजकले जनाएको छ । महोत्सवमा थप आकर्षणका रुपमा बालउद्यानसहित विभिन्न सांस्कृतिक कार्यक्रम छन् ।

    जिल्लामा पहिलो पटक आयोजना गर्न लागिएको खाना महोत्सवलाई हरेक वर्ष निरन्तरता दिइने आयोजक जनाएको छ । जनजातिको खाना तथा संस्कृति संरक्षण गर्दै पर्यटकलाई आकर्षित गर्नका लागि महोत्सव गर्न लागिएको अध्यक्ष रानाले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.