सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन मेडिकल कलेज शिक्षण अस्पतालले कपाल रोप्न (प्रत्यारोपण गर्न) ऋण दिने


  •    न्युजभित्तो/४ पुष २०७८, आईतवार १०:२५ 
  • नारायण अधिकारी

    चितवन, ४ पुस । उद्योग व्यवसाय गर्न ऋण पाइनु त सामान्य मानिन्छ तर यहाँ कपाल रोप्न पनि ऋणको व्यवस्था गरिएको छ । यहाँस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालले कपाल रोप्न (प्रत्यारोपण गर्न) आउने सेवाग्राहीलाई ऋणको व्यवस्था गरेको हो ।

    अस्पतालले कपाल प्रत्यारोपणलगायत कस्मेटिक उपचार शुल्क किस्ताबन्दीमा तिर्न पाइने व्यवस्था गरेको छ । अस्पतालले सनराइज बैंकसँग सहकार्य गरेर किस्ताबन्दी सुविधा दिएको हो । अस्पतालभित्रै सो काउन्टर रहेको छ । कपाल प्रत्यारोपणलगायत कस्मेटिक उपचारका लागि आउने सेवाग्राहीलाई किस्ताबन्दीमा शुल्क तिर्ने व्यवस्था मिलाइएको अस्पतालको डर्माटोलोजी विभागका व्यवस्थापन प्रमुख कृतिष्मा अर्यालले बताउनुभयो ।

    बैंकले रु २५ हजारदेखि दुई लाखसम्म यस्तो ऋण धितोबिना नै शून्य व्याजदरमा उपलब्ध गराउने उहाँको भनाइ छ । अठार महिनासम्म किस्तामा तिर्न मिल्ने ऋणका लागि आयस्रोत भने खुलाउनुपर्ने जनाइएको छ ।

    उहाँले लक्जरी सुविधा भएकाले एकैपटक शुल्क तिर्न गाह्रो हुनेलाई लक्षित गरेर ऋणको व्यवस्था गरिएको जानकारी दिनुभयो । सेवा लिन आउने सेवाग्राहीलाई आवश्यक कागजपत्र बनाउन अस्पतालबाटै सहयोग गरिने जनाइएको छ । व्यवस्थापन विभाग अर्यालले भन्नुभयो, “बैंक धाइरहनुपर्ने झन्झट हुँदैन, हामीले सहजीकरण गरिदिन्छौँ ।” चितवनमा पहिलो पटक यो सुविधा दिइएको जनाइएको छ ।

    अस्पतालको डर्माटोलोजी विभागमा कपाल प्रत्यारोपणका साथै अनुहारको चाउरीपन हटाउने, छालामा चमक ल्याउने, चाया, पोतो हटाउने, डण्डीफोरलगायतका दाग, धब्बा हटाउने सेवा छन् । यी सबै सेवाको शुल्क किस्ताबन्दीमा तिर्न मिल्ने उहाँ बताउनुहुन्छ ।

    अस्पतालका कन्सल्टेन्ट डर्माटोलोजिष्ट एण्ड हेयर ट्रान्सप्लान्ट सर्जन डा श्रद्धा उप्रेती पछिल्लो आधुनिक प्रविधिमार्फत कपाल प्रत्यारोपण गरिँदै आएको जनाइएको छ । उहाँले भन्नुभयो “कपाल भएको ठाउँबाट जरासहित निकालेर नभएको ठाउँमा प्रत्यारोपण (रोप्ने) गरिन्छ । पुरुषमा तालु खुइलिने समस्या हुन्छ । यस्तोमा टाउकाको पछाडिको भाग, साइडको भाग, दाह्री अनि छातीको कपाल जुन कहिल्यै झर्दैन, यस्ता स्थानका कपाललाई निकालेर कपाल नभएको ठाउँमा रोप्छौँ ।” यसरी कपाल रोप्दा ठूलो साइडइफेक्ट नहुने उप्रेतीले दाबी गर्नुभयो ।

    लडेर, पोलेर वा दुर्घटनाबाट कुनै खत बसेको छ भने पनि त्यस्तो ठाउँमा कपाल रोप्न सकिने र आइब्रो पातला भएका महिलाले आइब्रोमा कपाल प्रत्यारोपण गर्न सक्ने उहाँको भनाइ छ ।

    प्रत्यारोपण गरिएको कपाल ४८ देखि ७२ घण्टा पछि बढ्न सुरु हुने जनाइएको छ । उहाँले भन्नुभयो, “पाँच महिनापछि कपाल कटाउन मिल्ने हुन्छ । करिब एक वर्षभित्र कपाल बाक्लो भएर आउँछ र मुन्डन गरे पनि फेरि पलाइरहन्छ ।”

    अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले यो सुविधा किस्ताबन्दीमा सुरु गरेसँगै एकैपटकमा शुल्क तिर्न नसक्नेलाई सहज हुने बताउनुभयो । सेवाग्राहीका लागि कसरी सहज सेवा दिन सकिन्छ भन्ने विषयमा अस्पताल सधैँ लागिपरेको उहाँको भनाइ छ । यो मेडिकल कलेज धेरै बिरामीको उपचार गर्नेमध्येमा पर्दछ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.