राष्ट्रिय

माधव नेपालको टिप्पणी- केपी ओलीले धरहरातिर हेर्दै दम्भ देखाए
-न्युजभित्तो

जनकपुरधाम, १० वैशाख । नेकपा एमालेका निलम्बित नेता माधवकुमार नेपालले आफूलाई कसैले कारवाही गर्न नसक्ने जिकिर गरेका छन् । शुक्रबार बिहान जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा नेपालले आफू आन्दोलनबाट नभाग्ने र संगठन छाडेर नहिँड्ने प्रष्ट्याए । पार्टीले सोधेको स्पष्टीकरणबारे नेपालले आफैंले...

सुनका गरगहनासहित नगद चोरी गरी फरार युवक पक्राउ
-न्युजभित्तो

गोरखा, १० वैशाख । गोरखा नगरपालिका बजार क्षेत्रमा सुनका गरगहनासहित नगद चोरी गरी फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । नगरपालिकाको वडा नं ५ स्थित मार्गदर्शन टोलका अमृतबहादुर घर्तीको कोठाबाट नगद रु एक लाख र करिब एक तोला...

दुधौलीका तीनवटा वडा एक हप्ता लकडाउन
-न्युजभित्तो

सिन्धुली, १० वैशाख  । जिल्लाको दुधौली नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण गर्न एक हप्ताका लागि लकडाउन घोषणा गरेको छ । यही वैशाख ९ गते बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले नगरका तीनवटा वडामा आजदेखि लकडाउन गर्ने घोषणा गरेको नगर प्रमुख घनश्याम...

कञ्चनपुरमा रासायनिक मल कारखाना सञ्चालनमा ल्याइँदै
-न्युजभित्तो

कञ्चनपुर, १० वैशाख । कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड ७५ लाख लगानीमा नेपाल फर्टिलाइजर इण्डस्ट्रिज प्रालिले मल कारखाना सञ्चालन गर्न लागेको हो । कारखानालाई असार...

काभ्रे कांग्रेसको क्रियाशील सदस्य दोब्बर
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, १० वैशाख । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २० हजार क्रियाशील सदस्यता बनाएको छ । यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी दोब्बर क्रियाशील सदस्य बनाएको जनाइएको छ । पार्टीको आसन्न १४औँ महाधिवेशनलक्षित क्रियाशील सदस्यताको समयावधि पटकपटक थपिएपछि सदस्यता...

वनमा मृतावस्थामा भेटिएकी महिलाको पहिचान खुल्यो
-न्युजभित्तो

डोटी, १० वैशाख  ।  डोटीको दिपायल सिलगढी नगरपालिका तथा पूर्वीचौकी गाउँपालिकाको सीमा क्षेत्र बुढाबाझ बागघेरी सामुदायिक वनमा मङ्गलबार मृतावस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार मृतावस्थामा फेलापरेकी...

वेटरदेखि होटल मालिकसम्म जमघटका कृष्ण भट्ट
-न्युजभित्तो

नारायण अधिकारी- चितवन, १० वैशाख । चौध वर्षको कलिलो उमेरमा रित्तो हात कामको खोजीमा नारायणगढ छिरेको युवाले होटलको मालिक बन्ने सपना सायदै देखेको थिएन । दश वर्ष नारायणागढको एक रेष्टुरेन्टमा काम गर्दै गर्दा उनले रेष्टुरेन्टको मालिक बन्ने सपना देखे...

अध्यक्ष ओली र नेता नेपालबीच आज पनि भेटवार्ता
-न्युजभित्तो

काठमाडौँ, ९ वैशाख  ।  नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच पार्टीभित्रको विवाद मिलाउन आज पनि भेटवार्ता भएको छ । उहाँहरूबीच आज दिउँसो राजधानीको नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता भएको हो । भेटवार्तापछि नेता नेपालले सञ्चारकर्मीसँग...

सुनसरीको भोक्राहा-नरसिंह गाउँपालिकाका अध्यक्षविरुद्ध जबर्जस्ती करणी मुद्दा
-न्युजभित्तो

 विराटनगर, ९ वैशाख । सुनसरीको भोक्राहा-नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ । बुधबार धरानको एक होटलमा १७ वर्षीय किशोरीसँग आपत्तिजनक अवस्थामा भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । यादवविरुद्ध बिहीबार जबर्जस्ती करणी मुद्दा दर्ता...

टिपर र मोटरसाइकल ठोक्किँदा मृत्यु
-न्युजभित्तो

भक्तपुर, ९ वैशाख  । काठमाडौंँको पेप्सीकोलाबाट मध्यपुरथिमि नगरपालिका–२ सानो ठिमीतर्फ आउँदै गरेको रा २ प ४४३७ नंको मोटरसाइकल र मगर गाउँबाट पेप्सीकोलातर्फ जाँदै गरेको वा ३ ख ४४६५ नंको टिपर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सानो...