सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राजधानीबाट घर जानेलाई दुई दिनको समय दिएर निषेधाज्ञा गरिने


  •    न्युजभित्तो/१३ बैशाख २०७८, सोमबार १६:१० 
  • काठमाडौं, १३ वैशाख । सरकारले निषेधाज्ञा गर्नुपूर्व संघीय राजधानीबाट नागरिकलाई आफ्नो घर जान दुई दिनको समय दिने भएको छ ।

    काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले कोरोना महामारीको जोखिम गम्भीर देखिएकोले कम्तीमा एक साता निषेधाज्ञा हुने र त्यो भन्दा अगाडि २ दिनको समय दिइने जानकारी दिए ।

    सोमबार काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका सीडीओहरुको बैठकले कम्तीमा दुई दिनको समय दिएर एक साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको छ ।
    कुनै एक क्षेत्रलाई मात्रै बन्द गर्दा संक्रमणको अवस्थालाई ‘ब्रेक’ गर्न नसकिने भएकाले सम्पूर्ण क्षेत्रलाई पूर्ण रूपमा बन्द गराउन निषेधाज्ञा जारी गर्ने निर्णय भएको पराजुलीले बताए ।

    स्वास्थ्य मापदण्ड पालना गर्न सर्वसाधारणलाई अपिल गरिएपनि मापदण्ड पालना नहुँदा संक्रमणको स्थिति गम्भीर बनेको ठहर प्रशासनको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.