सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकार मात्र कराएर हुँदैन, जनता पनि सचेत हुनुपर्छ : शिक्षामन्त्री श्रेष्ठ


  •    न्युजभित्तो/१३ बैशाख २०७८, सोमबार १६:२४ 
  • चितवन, १३ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले रहरले शिक्षण संस्था बन्द नगरिएको बताउनुभएको छ ।

    कृषि तथा वन विज्ञान विश्वविद्यालयको मङ्गलबार हुने दीक्षान्त समारोहमा सहभागी हुन आज यहाँ आउनुभएका श्रेष्ठले भर्चुअल माध्यमबाट शिक्षण विधिलाई अगाडि बढाउन निर्देशन दिइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “आजदेखि ए लेभलबाट कुनै पनि परीक्षा नचलाउने निर्णय गरिएको छ ।”

    उहाँले एक हजार ८०० विद्यार्थीको भविष्यसँग जोडिएका कारण भर्चुअल माध्यमबाट विश्वविद्यालयको दीक्षान्त समारोह गर्न लागिएको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो “विधि र प्रक्रिया पुयाउनका लागि मात्र कार्यक्रम गर्नुपरेको हो ।” तत्काल सरकार बन्दाबन्दीका पक्षमा नरहेको जनाउँदै उहाँले थप्नुभयो “बन्दाबन्दी गर्नुपर्छ भन्ने पक्षमा अहिले सरकार छैन ।

    स्वास्थ्य मापदण्डलाई पालना गरेर सबै हिँड्नुपयो ।” परिस्थिति खतरा भयो भने बन्दाबन्दी पनि गर्नुपर्ने अवस्था आउन सक्ने उहाँको भनाइ थियो । मन्त्री श्रेष्ठले भन्नुभयो, “सरकार मात्र कराएर हुँदैन, जनता पनि सचेत हुनुपर्छ ।” हामी सबै मिलेर समाधानको बाटातिर जानाको विकल्प नरहेको उहाँले बताउनुभयो । निराश भएर नआत्तिन अनुरोध गर्दै उहाँले उच्च मनोबलका साथ व्यवस्थापन गर्दै जानुपर्छ भन्नुभयो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.