सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काठमाडौंमा निषेधाज्ञाकाे तयारी, सार्वजनिक यातायात बन्द गरिने


  •    न्युजभित्तो/१३ बैशाख २०७८, सोमबार १५:०१ 
  • काठमाडौं, १३ वैशाख । संघीय राजधानी काठमाडौँका तीन वटै जिल्लामा निषेधाज्ञा लागू हुने भएको छ। कोरोना संक्रमण बढ्दै गए पछि संक्रमण नियन्त्रणका लागि सोमबार काठमाठडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बसेको थियो।

    उक्त बैठकले काठमाडौं उपत्यकामा आगामी बैशाख १६ गते राति १२ बजेदेखि एक हप्ता सार्वजनिक यातायातका साधन संचालन नगर्ने निर्णय भएकाे ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निराैलाले जानकारी दिए।

    उनले भने “काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा फैलिरहेको छ। यसको नियन्त्रण तथा रोकथामका लागि सार्वजनिक यातायात बन्द गर्न लागिएको हो।”

    आगामी बैशाख १६ गतेदेखि लागू हुने निषेधाज्ञामा अत्याआवश्यक खाद्य पदार्थ र औषधिपसल बाहेकका सबै सेवा सुविधा बन्द गरिने छ।

    यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सक्रिय संक्रमित र जोखिमलाई हेरेर स्थानीय प्रशासनलाई निषेधाज्ञा जारी गर्ने अधिकार दिनको लागि सिफारिस गरेको थियो। ठूला शहरहरूमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित भएको खण्डमा निषेधाज्ञा लगाउन सक्ने अधिकारको सिफारिस गरेको थियो। काठमाडौं जिल्लामा मात्र आइतबार एक हजार भन्दा नयाँ संक्रमित फेला परेका थिए।

    यस्तै आज साँझ ५ बजे मन्त्रिपरिषद बैठक पनि बस्दै छ। उक्त बैठकले आइतवार बसेको सीसीएमसी बैठकले गरेका निर्णयहरुको बारेमा विचार गर्ने छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.