सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा थपिए २२१ जनामा कोरोना सङ्क्रमण


  •    न्युजभित्तो/२४ बैशाख २०७८, शुक्रबार १५:५० 
  • चितवन, २४ वैशाख । चितवनमा पछिल्लो २४ घण्टामा २२१ जना कोरोना सङ्क्रमित थपिएका छन् । बिहीबार २०२ जनामा देखिएको सङ्क्रमण आज २२१ जनामा देखिएको हो । अघिल्लो दिनको तुलनामा आज १९ जना बढी सङ्क्रमित थपिएका छन् । बुधबार २५५ जनामा देखिएको कोरोना सङ्क्रमण बिहीबार २०२ जनामा पुष्टि भएको हो । यो अघिल्लो दिनको तुलनामा ५३ ले कमी हो ।

    चितवन सहित देशभर नयाँ भेरियन्टसहित कोरोना भाइरस दोस्रो लहरमा तीव्ररुपमा फैलिरएको छ । जिल्लाका विभिन्न अस्पतालमा गरिएको पीसीआर र एन्टिजिन परीक्षणका क्रममा चितवनमा २२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पिसीआर परीक्षणबाट २१८ तथा एन्टिजिन परीक्षणबाट ३ जना गरी २२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

    त्यस्तै कोरोना भाइरसका कारण चितवनका २ जना सङ्क्रमितले ज्यान गुमाएका स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिए । पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितमध्ये भरतपुरमा १८१, रत्ननगरमा १८, खैरहनीमा ६, राप्तीमा ५, कालिकामा ८ तथा माडीमा २ जना रहेका छन् ।

    चितवनमा हालसम्म सक्रिय कोरोना सङ्क्रमित सङ्ख्या एक हजार ९७७ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । सक्रिय सङ्क्रमितमध्ये १४० जना अस्पतालको आइसोलेसन तथा एक हजार ८३७ जना होम आइसोलेसनमा बसेका तिवारीले बताए । जिल्लामा ९ हजार ९० जना सङ्क्रमित पुग्दा ६ हजार ९८४ जना निको भएका तथा १२९ जना सङ्क्रमितको मृत्यु भएको तिवारीले बताए ।

    हालसम्म भरतपुर महानगरपालिकामात्रै ६ हजार ७९९ जना सङ्क्रमित पुगेका छन् । त्यस्तै रत्ननगरमा ९५८, खैरहनीमा ४९१, राप्तीमा ३७२, कालिकामा २३७, माडीमा १८४ तथा इच्छाकामनामा ४९ जना सङ्क्रमित पुगेका तिवारीले जानकारी दिए । तिवारीकाअनुसार जिल्लामा सङ्क्रमितमध्ये पाँच हजार २३७ जना पुरुष तथा तीन हजार ८४८ जना महिला रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.