सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते


  •    न्युजभित्तो/२४ बैशाख २०७८, शुक्रबार १३:३४ 
  • पर्वत, २४ वैशाख । कुश्मा नगरपालिका–१० पीपलटारीमा आज बिहान मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते भएका छन् । वडा नं १३ खौलालाँकुरीदेखि सदरमुकाम कुश्माबजारस्थित अस्पतालसम्म आउँदै गरेको ग२च ५२१३ नंको जीप कुश्मा–१० सिमखेतमा दुर्घटना हुँदा १७ जना घाइते भएका हुन् ।

    घाइतेमध्ये १६ वर्षीय अमन परियार र ५७ वर्षीय माने परियारलाई गम्भीर चोट लागेको छ । घाइतेको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका बिरामीलाई थप उपचारका लागि पोखरा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताउनुभयो ।

    घाइते हुनेमा एउटै गाउँका बलबहादुर परियार, डिलबहादुर परियार, रामचन्द्र परियार, शक्ति परियार, मिठु परियार, सुमित परियार, रविना परियार, अङ्कित परियार, उज्ज्वल परियार, बाबुराम परियार, डिले परियार, मीन परियार, अनिनाथ परियार, अमृशा परियार र पृथ्वी परियार रहेका छन् । सामान्य घाइते रहेका चालक अनिनाथ परियारलाई प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।

    उनीहरु कुश्मा–१३ खौलालाँकुरीकै विष्णु परियारको अस्पतालमा मिर्गाैला डायलासिस गराउने क्रममा मृत्यु भएपछि शव जिम्मा लिनका लागि अस्पताल आउने क्रममा दुर्घटना भएको हो । विष्णुको जिल्ला अस्पतालमा यही वैशाख २३ गते मृत्यु भएको हो । क्षमताभन्दा बढी यात्रु बोकेको जीप ओरालो सडकमा अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.