सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अक्सिजनसहित ३५ श्ययाको आइसोलेशन निर्माण


  •    न्युजभित्तो/२४ बैशाख २०७८, शुक्रबार १३:५४ 
  • गलकोट, २४ वैशाख ।  बागलुङ नगरपालिकाले नगर क्षेत्रमा कोरोना सङ्क्रमणको दर ह्वात्तै बढेपछि अक्सिजनसहितको आइसोलेशन कक्ष तयार पारेको छ ।

    नगरपालिकाले आफ्नो पुरानो कार्यालय रहेको व्डँ न्ं ३ स्थित रातामाटामा ३५ श्ययाको अक्सिजनसहितको आइसोलेशन निर्माण गरेको जनाएको छ । नगरपालिका क्षेत्रमा रहेको धौलागिरि अस्पतालमा रहेका आइसोलेशन श्यया भरिँदै जान थालेपछि आइसोलेशन कक्षको निर्माण गरेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

    “अस्पतालमा रहेको २५ श्यया क्षमताको आइसोलेशन लगभग भरिन थालेको छ, कोरोनाको दोस्रो लहरमा अक्सिजनको निकै आवश्यक रहेको हुँदा अक्सिजनसहितको आइसोलेशन निर्माण गरेका हौँ”, नगरप्रमुख पौडेलले भन्नुभयो, “अहिले ३५ श्ययाको तयारी गरेका छौँ, सङ्क्रमित बढ्दै गए श्यया थप्दै जानेछौँ ।” धौलागिरि अस्पतालमा २३ सङ्क्रमित उपचाररत छन् । अस्पतालमा २५ जनालाई राखेर उपचार गर्न सक्ने क्षमता छ ।

    गत वर्ष सङ्क्रमित धेरै भएपछि धौलागिरि बहुमुखी क्याम्पसमा राखेर उपचार गरिएको थियो । अस्पतालमा उपचाररत दुई जनाको बिहीबार मृत्यु भएको छ । एक सङ्क्रमित र अर्का एकजना शङ्कास्पद बिरामीको मृत्यु भएको थियो ।

    आइसोलेशनका सबै श्ययामा अक्सिजन जडान भएकाले अक्सिजन आवश्यक सङ्क्रमितलाई समेत आइसोलेशन श्ययामा राख्न सकिने नगर स्वास्थ्य शाखा संयोजन रामप्रसाद खनालले बताउनुभयो । जिल्लामा सङ्क्रमित भएका अधिकांशलाई अक्सिजन आवश्यक पर्ने भएकाले आइसोलेशन निर्माण गर्दा अक्सिजन जडान गर्नुपरेको हो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.