थप ५० लाख डोज खोप खरिद गर्ने अवस्था अहिले छैन, सर्तअनुसार सिरमको खोप चाँडै आउँछ
न्युजभित्तो/२४ बैशाख २०७८, शुक्रबार १४:५१
काठमाडौं,२४ वैशाख । कमिसन विवादको कारण भारतको सिरम इन्स्टिच्युटसँग ५० लाख डोज कोभिसिल्ड खोप खरिद गर्ने प्रक्रिया रोकिएको भनिएको बारे सरकारले औपचारिकरुपमा टिप्पणी गरेको छ ।
शुक्रबार विज्ञप्ती जारी गर्दै स्वास्थ्य मन्त्रालयले ती समाचारमा कुनै सत्यता नरहेको समेत जनाएको छ । प्रवक्ता जागेश्वर गौतमद्वारा जारी वक्तव्यमा सिरम इन्स्टिच्युटले चाँडै खोप आपूर्ति गर्ने जानकारी मन्त्रालयलाई दिएको समेत उल्लेख छ ।
सिरमले दिनुपर्ने २० लाख डोज खोपमध्ये १० लाख प्राप्त भएको र बाँकी खोपको आपूर्ति वर्तमान विश्व परिस्थितीमा निर्भर हुने जनाइएको छ ।
सिरम इन्स्टिच्युटले नेपाललाई खोप आपूर्ति गर्नु आफ्नो प्राथमिकतामा रहेको तर, सो कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्तार हुने वित्तिकै खोप आपूर्ति गर्ने जानकारी दिएको समेत विज्ञप्तीमा उल्लेख छ ।