राष्ट्रिय

तीन दिन भारी वर्षसहित बाढी पहिरोको सम्भावना, उच्च सावधानी अपनाउन अनुरोध
-न्युजभित्तो

काठमाण्डौं, १३ जेठ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन शुरु हुनुअघि नै धेरै पानी परी बाढी र पहिरोको जोखिम हुने भएकाले अबको तीन दिन उच्च सतर्क रहन आम समुदायमा अनुरोध गरेको छ । पश्चिम बङ्गालको खाडीमा विकसित...

“अध्यादेशका बारेमा भ्रम पार्न सकिने र विरोध गर्ने ठाउँ नै छैन”
-न्युजभित्तो

चितवन, १२ जेठ । सरकारले हालै जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशमा भ्रम पार्न सकिने र विरोध गर्ने ठाउँ नै नभएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनले आज भर्चुअल माध्यमबाट आयोजना गरेको नागरिकता अध्यादेशबारे छलफल...

कोरोनाको त्रास फैलाएको भन्दै १५ टिपर तोडफोड
-न्युजभित्तो

चितवन,१२ जेठ । कोरोना कहरको समयमा समेत नारायणी नदी उत्खनन्मा नरोकीएको र जसका कारणले कोरोनाको त्रास समाजमा फैलिएको भन्दै स्थानीयले १५ वटा टिप्परहरु तोडफोड गरेका छन् । भरतपुर महानगरपालिका १६ सानुगढीस्थित ज्ञानेश्वर सामुदायिक वनस्थित सडकमा लामवद्ध रहेका १५ वटा टिप्परलाई...

अछाममा अक्सिजन खरीद गर्न मन्त्री आलेद्वारा रु एक लाख सहयोग
-न्युजभित्तो

काठमाडौँ, १२ जेठ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल अछाममा अक्सिजन खरीद गर्नका लागि आफ्नो व्यक्तिगततर्फबाट रु एक लाख सहयोग गर्नुभएको छ । अक्सिजन नपाउँदा कोरोना सङ्क्रमितको उपचारमा समस्या भएको जानकारी भएपछि उहाँले अस्पताललाई आफ्नातर्फबाट रु एक लाख...

समर्थन फिर्ता नलिने एमाले संसदीय दलको निर्णय
-न्युजभित्तो

धनगढी, १२ जेठ । नेकपा (एमाले)को स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन गरेको निर्णय प्रदेश संसदीय दलको बैठकले कार्यान्वयन नगर्ने भएको छ । संसदीय दलका नेतासमेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहको अध्यक्षतामा आज बसेको...

क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा कोभिड अस्पताल संचालन
-न्युजभित्तो

काठमाडौँ, १२ जेठ । काठमाडौंको क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा विशेष कोभिड अस्पताल संचालनमा आएको छ । काठमाडौं महानगरको सहयोगमा बुधबार देखि सुरु भएको कोभिड उपचार अस्पतालको शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र महानगरका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शुभारम्भ गरेका हुन्। कोभिड अस्पताल...

कालीमाटी तरकारी बजारमा सवारीमा जोर-बिजोर लागू
-न्युजभित्तो

काठमाडौँ, १२ जेठ । कोरोनाभाइरस संक्रमणको जोखिम नियन्त्रणको लागि आजदेखि कालीमाटी फलफूल तथा तरकारी ढुवानीका गाडीमा जोर बिजोर प्रणाली लागू गरिएको छ । तरकारी बजारमा भएको भीडलाई रोक्नको लागि जोर बिजोर प्रणाली लागू गरेको फलफूल तथा तरकारी बजार विकास समितिका...

चक्रवातका कारण भारत, बंगलादेशमा ठूलो क्षति, ११ लाखभन्दा बढी मानिसको उद्धार
-न्युजभित्तो

दिल्ली,१२ जेठ । पूर्वी भारत र छिमेकी बंगलादेशमा भारी वर्षा सहितको चक्रवातका कारण लाखौं मानिस प्रभावित भएका छन् । ‘यास’ नामको उक्त आँधीका कारण बुधबार बिहानसम्म ११ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थलमा सारिएको अधिकारीहरुले बताएका छन् । प्रारम्भिक विवरणमा आँधीका...

माधव नेपालको सन्देश- हेपाहा र कपटीलाई साथी नबनाउँ,
-न्युजभित्तो

काठमाडौं,१२ जेठ । नेकपा एमालेबाट निष्कासित नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हेपाहा र कपटीलाई साथी नबनाउन भगवान गौतम बुद्धले गरेको मार्गदर्शन महत्वपूर्ण रहेको बताएका छन् । बुद्ध जयन्तीका अवसरमा नेपालले शुभकामना सन्देश जारी गर्दै सही बाटो अवलम्बन गर्दै आफ्नो बाटोमा...

गहुँ उत्पादनमा ह्रास
-न्युजभित्तो

बझाङ, १२ जेठ  ।  बझाङमा हिँउदेबालीको उत्पादनमा ह्रास आएको छ । सिँचाइको सुविधा भएका बाहेक आकासे पानीको भरमा खेती गरिने सबै ठाउँको उत्पादनमा ह्रास आएको छ । लामो समयसम्म परेको खडेरीका कारण गहुँ, जौलगायत हिउँदेबालीको उत्पादनमा ह्रास आउँदा जिल्लामा खाद्य...