सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महिनावारी स्वच्छता दिवसमा डब्लु.डब्लु.जे चितवनले गर्‍यो सेनिटरी प्याड वितरण


  •    न्युजभित्तो/१५ जेष्ठ २०७८, शनिबार २०:४७ 
  • चितवन ,१५ जेठ । अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसको सन्दर्भ पारेर (डब्लु.डब्लु.जे चितवन)ले फ्रन्ट लाइनमा काम गर्ने पत्रकार महिला तथा सुरक्षाकर्मी महिलालाई सेनिटरी प्याड वितरण गरेको छ ।

    मे २८ मा पर्ने महिनावारी स्वच्छता दिवसको अवसरमा जिल्लाका पत्रकार महिलाहरुसंग अन्तरक्रिया गरेको (डब्लु.डब्लु.जे चितवन)ले महिनावारी स्वच्छताबारे सचेतना जगाउन सेनिटरी प्याड वितरण गरेको हो । नेपाली समाजमा महिनावारी संग जोडिएका विभेदपूणर् व्यवहारलाई हटाउँदै महिनावारी सरसफाई र प्रजनन स्वास्थ्यबारे सचेतना जगाउन सांकेतिक कार्यक्रम गरिएको (डब्लु.डब्लु.जे चितवनका अध्यक्ष प्रमिता ढकालले बताईन्। महिनावारी स्वच्छता दिवसबारे एक दिन समाचार प्रकाशन/ प्रशारण गरेर मात्रै जिम्मेवारी पुरा भएको मान्न नसकिने अवस्थाको समाजमा हामी छौं , अध्यक्ष ढकालले भनिन्,त्यसैले यो एउटा सानो प्रयास हामीले हाम्रै समुह माझबाट सुरु गरेका हौं ।
    सेनिटरी प्याड वितरणका लागि (डब्लु.डब्लु.जे ) चितवनका सल्लाहकार अनिता खनालले संयोजन गरेकीहुन् ।

    हामीले यो कार्यक्रम परिकल्पना गर्दै गर्दा कोरोना महामारीको विषम परिस्थितीमा फिल्डमा अनवरत खटिने सुरक्षाकर्मी महिलालाई समेत महिनावारी स्वच्छता सम्बन्धी जानकारी गराउने सोच बनायौं, संयोजक खनालले बताइन् । महिनावारी भएका बेला निरन्तर लामो समय फिल्डमा खटिँदा सरसफाई र प्रजनन् स्वास्थ्यबारे सचेत हुनैपर्ने उनले जोड दिइन् ।

    सेनिटरी प्याड वितरणका लागि जनसम्पर्क समिति बेल्जियमका सभापति भरतपुर १२ की नेतृ सीता सापकोटा र खनालले आर्थिक स्रोत व्यवस्थापन गरेका हुन् । जिल्लामा नेपाल पत्रकार महासंघ चितवनका सदस्य रहेका साथै क्रियाशील पत्रकार महिला करिव एक सय २० को हाराहारीमा छन् । यस्तै नेपाल प्रहरी, नेपाल आर्मी, शशस्त्र प्रहरी, ट्राफिक प्रहरी गरी करिव १ सय ५० सुरक्षाकर्मी महिला छन् । जिल्लामा रहेका विभिन्न मिडियाहरुमा काम गर्ने पत्रकार महिला तथा सुरक्षाकर्मी सबै महिलालाई समेट्ने गरी सहयोग गर्ने खनालले प्रतिवद्धता व्यक्त गरिन् ।

    शनिवार संस्थाले फिल्डमा खटिएकै अवस्थामा रहेका पत्रकार तथा सुरक्षाकर्मीलाई सेनिटरी प्याड उपलब्ध गराइसकेको र बाँकीलाई आइतबार वितरण गर्ने डब्लु.डब्लु.जे चितवनकी उपाध्यक्ष सरिता पौडेलले बताइन् । एक पटक वितरण गरिने सेनिटरी प्याडले सँधैको खाँचो नटर्ने भएपनि सचेतनाको लागि कार्यक्रम गरिएको उनले प्रष्ट्याइन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’
    • चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.