सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बजेटमा चितवनका दर्जन बढी योजना : सुरुङमार्ग, जलमार्ग, आर्च ब्रिजदेखि रामन्दिरसम्म


  •    न्युजभित्तो/१६ जेष्ठ २०७८, आईतवार ०९:१५ 
  • चितवन, १६ जेठ । अर्थमन्त्री विष्णु पौडेलले हिजो शनिबार प्रस्तुत गर्नुभएको बजेटमा जिल्लाका विभिन्न एक दर्जन बढी क्षेत्रलाई समेटेको छ । जिल्लाका सबै क्षेत्रलाई समेटेर विभिन्न योजना बजेटले समेटेको हो ।

    सरकारले माडीमा राममन्दिर निर्माणको लागि बजेट विनियोजन गरेको छ । गत रामनवमीको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले राम सीता र लक्ष्मणको मूर्ति बनाएर माडी पठाउनुभएको थियो । मन्दिर निर्माण गरी उक्त मूर्ति स्थापना गरिएको छ । विस्तृत परियाोजना प्रतिवेदन अनुसारको मन्दिर निर्माण गर्न सरकारले बजेट विनियोजन गरेको हो ।

    नारायणी नदीको त्रिवेणीदेखि नारायणगढ, देवघाट हुँदै दासढुंगासम्मको खण्डलाई मदन–आश्रित जलमार्ग नामाकरण गर्दै बजेट विनियोजन गरिएको छ । नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि टर्मिनललगायतका पूर्वाधार निर्माण गर्नका लागि आवश्यक रकम बिनियोजन गरिएको छ । नारायणीको सडक पुललगायत देशका १० वटा सडक पुललाई स्तरोन्नति आकर्षक सिग्नेचर ब्रिजले प्रतिस्थापन गरिने योजना सरकारले बनाएको छ । ती पुलको डिजाइन एवम् विस्तृत परियोजना प्रतिवेदन तयार गर्न ख्यातिप्राप्त अन्तर्राष्ट्रिय परामर्श दातालाई सहभागी गराइनेछ ।

    भरतपुर विमानस्थलको विस्तार एवम् स्तरोन्नति गरिने बजेटमा उल्लेख चितवन र मकवानपुर जिल्लाका राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने सडक खण्डको पुनः रेखाङ्कन गरी निर्माण गरिने बजेटमा उल्लेख छ । देवघाटलगायत देशभरका धार्मिक क्षेत्रको संरक्षण र विकासको लागि बजेट व्यवस्था गरिएको छ । यस्तै यहाँका पर्यटकीय स्थानको प्रबद्र्धनका लागि पनि बजेटले सम्बोधन गरेको छ ।

    रत्ननगरमा कृषि थोक बजार स्थापना गर्ने बजेटमा जनाईएको छ । आगामी आवमा समृद्ध तराई–मधेस सिँचाई विकास कार्यक्रमअन्तर्गत चितवन लगायतका २५ जिल्लामा २० हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाई सुविधा बिस्तार गर्न ५ हजार स्यालो ट्युबेल र २ सय डिप ट्युबेल जडान गरिने बजेटमा उल्लेख छ ।

    चितवनलगायत तराई मधेशका १३ जिल्लामा कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको छ । जलवायु परिवर्तनको प्रतिकूल प्रभाव न्यूनीकरण गर्न स्थानीय समुदायको क्षमता अभिवृद्धि कार्यक्रम पनि बजेटमा समावेश छ ।

    अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइनलाई तीन वर्षभित्र सञ्चालनमा ल्याइने भएको छ । क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचार गर्न राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गरी भरतपुरको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संस्थान मातहत सञ्चालन गरिने व्यवस्था गरिएको छ । भरतपुर क्यान्सर अस्पतालसहित ६ वटा ठूला अस्पतालको पूर्वाधार निर्माण गर्न रु एक अर्ब २८ करोड विनियोजन गरिएको छ ।

    भरतपुरलगायत ठूला शहरमा विद्युतीय भूमिगत तार निर्माणको काम यसै आर्थिक वर्षमा सम्पन्न गर्ने बजेटमा उल्लेख छ । पूर्वपश्चिम राजमार्गका सडकहरुमा अधिकतम् गतियुक्त, सुरूङमार्ग, उचाइयुक्त पुल, फ्लाइओभर वन्यजन्तु मार्ग बनाइने छ । जस अन्तर्गत चितवनदेखि हेटौंडा हुँदै पथलैयासम्मको सडक पनि परेको छ ।

    शक्तिखोरदेखि पृथ्वी राजमार्गको मझिमटारसम्म सुरुङ्गमार्ग बन्ने भएको छ । प्रस्तुत बजेटमा शक्तिखोर मझिमटार सुरुङ्गमार्ग सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गर्नका लागि बजेट विनियोजन भएको हो । यो आयोजना निर्माण भएपछि चितवनबाट काठमाडौंको दुरी छोटिने छ ।

    चेपाङ, माझी, मुसहरलगायत आर्थिक सामाजिक रुपमा पिछडिएका, कोभिड संक्रमितबाट मृत्यु भएका परिवारका छोराछोरीलाई पठनपाठनको लागि बजेट विनियोजन गरिएको छ । चेपाङ जातिको ठूलो जनसंख्या यहाँ रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
    तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
    साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट
    • नेप्से परिसूचक १८ अङ्कले घट्यो
    • परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट
    • प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
    • चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.