तोकिएकै समयमा निष्पक्ष निर्वाचन गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री ओली
न्युजभित्तो/१५ जेष्ठ २०७८, शनिबार १०:२१
काठमाडौं, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै मितिमा निष्पक्ष निर्वाचन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकारलाई काम गर्न नदिइएपछि समयअगावै निर्वाचनमा जानुपरेको बताउनुभएको ।
प्रधानमन्त्री ओलीले तोकिएको निर्वाचनअघि नै सबैलाई कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउन सरकार प्रयासरत रहेको दोहो¥याउनुभयो । उहाँले शून्य अवस्थामा रहेको स्वास्थ्य प्रणालीमा सुधार गर्दै कोरोनाका अधिकांश बिरामीको निःशुल्क उपचार भइरहेको बताउनुभयो । अकस्मात आएको कोरोनाबारे पूर्वतयारी नहुँदा चुनौती देखिएपनि रोकथाम र नियन्त्रणका काम भइरहेका उहाँको भनाई छ ।