राष्ट्रिय

सर्लाहीको ब्रह्मपुरीमा नौ दिनको शिशुसहित तीन जनाको पोखरीमा डुबेर मृत्यु
-न्युजभित्तो

मलङ्गवा, १३ साउन । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । स्थानीयवासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र नौ दिनको...

गण्डकी र लुम्बिनी प्रदेशका प्रमुख गुरुङ र शेरचन एउटै गाउँवासी
-न्युजभित्तो

चितवन, १३ साउन । फरक विचारको राजनीति जीवनयात्रामा रहनुभएका अमिक शेरचन र पृथ्वीमान गुरुङ एउटै गाउँवासी हुनुहुन्छ । सरकारले मङ्गलबार उहाँहरु दुवैलाई लुम्बिनी र गण्डकी प्रदेशको प्रमुखमा नियुक्त गरेको हो । शेरचन लुम्बिनी र गुरूङ गण्डकी प्रदेश प्रमुखमा नियुक्त...

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
-न्युजभित्तो

खोटाङ, १३ साउन । भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार (भरुवा बन्दुक) सहित खरखजना लुकाएर राखेको भनी स्थानीय बासिन्दाले दिएको गोप्य सूचनाका आधारमा वडा सदस्य परशुराम...

रत्ननगर निर्माण गरिदै विपद् तथा जलबायु उत्थानशिल योजना
-न्युजभित्तो

चितवन १२ साउन । रत्ननगर नगरपालिकाले निर्माण गर्न लागेको स्थानीय विपद् तथा जलबायु उत्थानशिल योजनाको विषयमा मंगलवार सर्वपक्षिय कार्यशाला गोष्ठी गरिएको छ । विपद् व्यवस्थापन र प्रभावित समुदायमा व्यवस्थापनलाई प्राथमिकतामा राखेर निर्माण गर्न लागिएको सो योजनाको विषयबस्तु र कार्ययोजनाको...

कार्यवहाक सेनापतिको जिम्मेवारी शर्मालाई
-न्युजभित्तो

काठमाडौं, १२ साउन । सरकारले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । शर्माले हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका थिए । हालका...

नेता गुरुङ् गण्डकी प्रदेश प्रमुखमा सिफारीस
-न्युजभित्तो

चितवन, १२ साउन । चितवनका नेपाली काँग्रेसका नेता पृथ्वीमान गुरुङ गण्डकी प्रदेशको प्रमुखमा नियुक्त हुनुभएको छ । सरकारले आज गण्डकी प्रदेशकी प्रमुख चितवनकी सीता पौडेललाई हटाउँदै चितवनकै गुरुङलाई प्रमुख बनाउने सिफारिस गरेको हो । भरतपुर महानगरपालिका–२६ निवासी गुरुङ नेपाली काँग्रेस चितवनका...

लुम्बिनी प्रदेश प्रमुखमा नेता शेरचन
-न्युजभित्तो

चितवन, १२ साउन ।सरकारले चितवनका माओवादी नेता अमिक शेरचनलाई लुम्बिनी प्रदेशको प्रमुख बनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले शेरचनलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो । शेरचन यसअघि गण्डकी प्रदेशको प्रमुख भएका थिए । केपी ओली नेतृत्वको...

केबुलकार सम्भाव्यता अध्यायन प्रतिवेदन सार्वजनिक
-न्युजभित्तो

मान्म, १२ साउन । कालीकोटको नरहरिनाथ गाउँपालिका– १ को कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्म जोड्ने केबुलकारको सम्भाव्यता अध्यायन प्रतिवेदन सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कालीकोटका नौ वटै स्थानीय तहका प्रतिनिधि, कर्णाली प्रदेश योजना आयोग र...

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ८९९ संक्रमित थपिए
-न्युजभित्तो

काठमाडौँ, १२ साउन । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ८९९ संक्रमित थपिएका छन् । १७ हजार ५१८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७२६ जना र एन्टिजेन विधिबाट १ हजार १७३ जना संक्रमित थपिएका हुन् । हालसम्म...

कोरोनाविरुद्धको खोपका लागि कूटनीतिक प्रयास थाल्न सांसदहरुको सुझाव
-न्युजभित्तो

काठमाडौँ, १२ साउन । राष्ट्रियसभाका सदस्यहरुले कोभिड–१९ विरुद्धको खोप देशभरका नागरिकलाई उपलब्ध गराउन तथा खरीद प्रक्रिया शीघ्र अघि बढाउन कूटनीतिक प्रयास थाल्न सुझाव दिएका छन् । राष्ट्रियसभाको आजको विशेष समयमा उहाँहरुले विदेशस्थित नेपाली नियोग र कूटनीतिक अधिकारीहरुलाई नेपलामा खोपको व्यवस्था...