मेलम्चीमा आएको बाढीले रेडियो मेलम्चीको भवन बगायो, पुल जोखिममा
न्युजभित्तो/१७ श्रावण २०७८, आईतवार १०:५७
काठमाडौं, १७ साउन । मेलम्चीमा आएको बाढीले रेडियो मेलम्ची १०७ दशमलव २ मेगाहर्जको भवन बगाएको छ। राति १२ बजे ४० मिनेट जाँदा रेडियोको भवन बाढीले बगाएको रेडियोका स्टेशन म्यानेजर देवराज सुवेदीले जानकारी दिनुभयो ।
गएको असार १ गते आएको बाढीले रेडियोको भवनमा क्षति गरेको थियो । ‘तीन तलाको रेडियोको भवन त्यतिबेला दुई तला डुबानमा परेको थियो, गएरातिको बाढीले पूरै भवन नै बगायो।’ – सुवेदीले भन्नुभयो
यस्तै, बाढीले मेलम्ची जोड्ने चुनौटेमाथिको रातो पुल पनि जोखिममा परेको छ । अहिले पुलमाथिबाट खोला बगिरहेको छ ।