राष्ट्रिय
काठमाडौँ , २९ कात्तिक। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज पनि बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ । दश वटा इजलासमा पेसी तोक्नुभएका उहाँले आफ्ना लागि भने पूर्ण एकल इजलासमा पेसी तोक्नुभएको छ । आठ वटा संयुक्त र दुई...
काठमाडौँ,२९ कात्तिक । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले ओरालो लागेर रु ९४ हजार ३०० तोकिएकोे छ । पहेँलो धातु आइतबार प्रतितोला रु ९४ हजार ६००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक...
ललितपुर, २९ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका वडा नं ८ स्थित बालकुमारी मन्दिर पुनःनिर्माण कार्यको शिलान्यास गर्नुभएको छ । आज बिहान उहाँले मन्दिर पुनःनिर्माणको आरम्भ गर्नुभएको हो । तीनै तहको सरकारको मद्दतले मन्दिरको पुनःनिर्माण कार्य...
चितवन, २९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशन चितवनमा हुने भएपछि तयारी सुरु गरिएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले नारायणी नदी किनारमा उद्घाटन सत्र र सौराहामा बन्दसत्र गर्ने...
म्याग्दी, २९ कात्तिक । मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १२० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक र चौँरीगाई बेपत्ता...
ओखलढुङ्गा, २९ कात्तिक । तीर्थयात्री बोकेको बोलेरो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ घाइते भएका छन् । प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा आज विहान दुर्घटना भएको थियो ।...
काठमाडौं,२९ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनका लागि ५८ जिल्लामा प्रतिनिधि छनोट भएको छ भने १९ जिल्लामा प्रतिनिधि छनोटमा विवाद भएको छ । विवादकै कारण १९ जिल्लामा आइतबार साँझसम्ममा प्रतिनिधि छनोट हुन सकेको छैन । एमाले सचिव एवं...
काठमाडौं, २९ कात्तिक । हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ । चार महीनाअघि अर्थात् आषाढ शुक्ल एकादशीको दिनमा आ-आफ्नो घरमा रोपिएको तुलसीलाई आजको...
दमौली, २९ कात्तिक । हरिबोधनी एकादशी पर्वका अवसरमा तनहुँका शुक्लागण्डकी र व्यास नगरपालिकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । शुक्लागण्डकीको आइतबार बसेको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाले विगत दुई वर्षदेखि बिदा दिन थालेको...
नवलपरासी,२८ कात्तिक । चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालनमा रहेको होङ्शी सिमेन्टमा राष्ट्रिय प्रसारणको विद्युत पुगेको छ । नेपाल विद्युत प्राधिकरणले बर्दघाटमा रहेको सबस्टेसनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनमार्फत उद्योगलाई शनिबारबाट विद्युत आपूर्ति...











