चितवन, २ मंसिर । नेकपा (एमाले) को १० औं महाधिवेशनको उद्घाटनका लागि मञ्च व्यवस्थापनका काम सुरु भएको छ । नारायणी नदि किनारमा मञ्च व्यवस्थापनका लागि काम सुरु भएको हो ।
एमाले केन्द्रिय सदस्य बिनोद श्रेष्ठका अनुसार कार्यक्रम हुने स्थलमा नक्साकंनको काम सुरु गरिएको छ । एक सय जना अतिथि राख्ने गरि आकर्षक मञ्च निर्माणको नक्साङ्कन गरि काम सुरु गरिएको हो । उहाँले भन्नुभयो “१६ फिट अग्लो स्टेज निर्माण गर्दै छौ ।” निर्माण गर्न लागिएको स्टेज चार खण्डमा हुने छ । उहाँले थप्नुभयो “माथिल्लो तहमा अतिथि र स्थायी कमिटी सदस्यहरु रहनुहुने छ ।” दोस्रो खण्डमा सांस्कृतिक कार्यक्रम हुने छ । उहाँका अनुसार ७२ जना कलाकारले एकै पटक प्रस्तुति दिन सक्ने गरि स्टेज निर्माण गरिने छ । सो मञ्च ८ फिट अग्लो रहने उहाँले जानकारी दिनुभयो ।
मञ्चको तेस्रो खण्डमा केन्द्रिय सदस्य रहने छन् भने चौथो खण्डमा पोडियम रहने छ । मञ्च ३० फिट लामो र ४० फिट फराकिलो हुने छ । आधारभूत बिद्यालय नारायणी नदीकिनार नजिकै मञ्च निर्माण थालिएको हो । उहाँले भन्नुभयो “नारायणी नदीको पुलबाट र गैंडाकोट तर्फको नदी किनारबाट समेत हेर्न मिल्ने गरि मञ्चको डिजाइन गरेका छौ ।” कार्यक्रमको उद्घाटनको समयमा कार्यक्रम स्थल र बिभिन्न स्थानमा गरि २० ठाउँमा डिस्प्ले मार्फत प्रदर्शन गर्ने योजना रहेको श्रेष्ठले वताउनुभयो ।
एमालेले १० औं महाधिबेशनमा ५ लाख जनता सहभागी गराउने जनाउँदै आएको छ । जनताको सहभागीता अनुसार सहजै उद्घाटन कार्यक्रम हेर्न सक्नेछन् । नदी किनारको ढुंगाको बगरमाथि स्टेज बन्नाउने काम सुरु गरिएको छ । उहाँले भन्नुभयो “बगरमाथि पनि भव्य स्टेज बनाउन सकिने सन्देश दिनेछौं ।” अहिले कार्यक्रम स्थलमा भएका खाल्डाखुल्डी पुर्ने र व्यवस्थापनको काम भईरहेको छ । मञ्च व्यवस्थापनका लागि ५ सय जना स्वयमसेवक परिचालन गरिने छ । नारायणी नदी किनारलाई आकर्षक वनाएर १० गते बिहान मुल आयोजक समितिलाई हस्तान्तरण गर्ने गरि काम भईरहेको उहाँले बताउनुभयो ।
आगामी दिनमा यो क्षेत्रमा ठुला कार्यक्रम गर्न मिल्ने गरि किनारलाई व्यवस्थित गरिने उहाँले जानकारी दिनुभयो । मञ्च व्यवस्थापनको क्रममा ठाउँ ठाउँमा सेल्फी प्वाइन्टहरु बनाइने छ । एमालेको महाधिबेशन यही मंसिर १० गते देखि १२ गते सम्म चितवनमा हुँदैछ । नारायणी नदी किनारमा उद्घाटन र सौराहामा वन्दशत्र कार्यक्रम रहेको छ । वन्द शत्रमा करिब २ हजार प्रतिनिधि सहभागी हुँदैछन् ।
–––