सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका प्रत्येक घरमा एमाले महाधिवेशनको निमन्त्रणापत्र


  •    न्युजभित्तो/३ मंसिर २०७८, शुक्रबार ०७:५७ 
  • चितवन, ३ मंसिर । नेकपा (एमाले) चितवनले जिल्लाका प्रत्येक घरमा निमन्त्रणापत्र पठाउन शुरु गरेको छ । १० औं महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन आमन्त्रण गर्दै पत्र पठाईएको हो ।

    एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार घरघरमा वितरण गर्नका लागि १ लाख ५० हजार प्रति निमन्त्रणा पत्र जिल्लाका पालिका र वडाहरुमा पठाईसकिएको छ । थप निमन्त्रणापत्र आवश्यक भएमा तत्काल पठाउने गरी तयारी गरिएको रावलले बताउनुभयो ।

    दशौं महाधिवेशन प्रचारप्रसार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीका अनुसार पालिका, वडा र टोल कमिटीहरुले बैठक र भेलाको आयोजना गरी महाधिवेशनको प्रचारप्रसारलाई तीब्रता दिएका छन् । स्तरीय स्तरमा निमन्त्रणा कार्य वितरण, विभिन्न प्रचारात्मक कार्यक्रमहरु भईरहेको उहाँले जानकारी दिनुभयो । सुवेदीले भन्नुभयो “पालिका, वडा र टोल कमिटीहरु सक्रिय रुपमा निमन्त्रणा पत्र वितरण र प्रचार प्रसारमा जुट्नु भएको छ ।”

    उद्घाटन कार्यक्रममा एमाले कार्यकर्ता मात्रै नभएर शुभेच्छुक, शुभचिन्तक लगायत आम सर्वसाधारणलाई उपस्थित गराउन सबैलाई निमन्त्रणा गरिएको सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो “चितवनबाट मात्रै उद्घाटन सत्रमा एक लाख बढी जनसहभागिता गराउने गरी तयारी गरिएको छ ।”

    एमालेको १० औं महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । उद्घाटन कार्यक्रम नारायणगढस्थित नारायणी नदी किनारमा र बन्द सत्र सौराहास्थित होटल सेभेन स्टार परिसरमा हुने तय भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.