सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मेरुदण्ड भाँचिएकी महिलाको उपचारमा कतारका नेपालीको सहयोग


  •    न्युजभित्तो/४ मंसिर २०७८, शनिबार ११:२६ 
  • तनहुँ, ४ मङ्सिर । सवारी दुर्घटनामा परी मेरुदण्ड भाँचिएकी २६ वर्षीय सुनिता थारुको उपचारार्थ काठमाण्डौँस्थित ट्रमा सेन्टर पठाइएको छ । आर्थिक अभावले उपचार नपाएकी ती महिलाको लागि कतारमा रहेका नेपालीले रकम सङ्कलन गरेर पठाएपछि उपचारार्थ पठाइएको हो । करिब एक वर्ष अघि दुर्घटनामा परी घाइते थारुको उपचार खर्च नहुँदा घरमा ल्याएर राखिएको थियो ।

    लोक गायक एवं स्थानीय युवा समाजसेवी शङ्कर पन्तको सक्रियतामा कतारमा रहेका नेपालीलाई सहयोगको लागि आग्रह गरेपछि रु दुई लाख आर्थिक सहयोग प्राप्त भएको थियो । उपचारार्थ हालसम्म रु एक लाख २५ हजार खर्च भइसकेको पन्तले जानकारी दिनुभयो ।

    कतारमा रहेर आर्थिक सङ्कलन गरेका करिम बक्स मियाँले थारुको अवस्थापश्चात् पठाइएको रु दुई लाखमध्ये उपचारमा खर्च भएर अब रु ७५ हजार खातामा रहेको बताउनुभयो । बर्दियाको न्याउलापुर घर भई हाल मजदुरी कामको सिलसिलामा तनहुँको शुक्लागण्डकी नगरपालिकामा अस्थायी रुपमा थारु परिवार बसोबास गर्दै आएको थियो । घाइते थारुको एक छोरीलाई कक्षा १२ सम्म शुक्लागण्डकी नगरपालिकास्थित पञ्चमूनिदेव माध्यमिक विद्यालयमा निःशुल्क पठनपाठननको व्यवस्था मिलाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.