सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका ६ वटै प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसको नयाँ नेतृत्व (पूरा विवरणसहित)


  •    न्युजभित्तो/४ मंसिर २०७८, शनिबार १०:५९ 
  • चितवन, ४ मंसिर  । नेपाली कांग्रेस १४औँ महाधिवेशन अन्तरगत चितवनका ६ वटै प्रदेश निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ ।

    शुक्रबार भएको निर्वाचनबाट सबै क्षेत्रमा कडा प्रतिस्पर्धाबीच नयाँ नेतृत्व चयन भएको हो । चितवनमा सौहार्द वातावरणमा निर्वाचिन प्रक्रिया सम्पन्न भएको जिल्लाका मुख्य निर्वाचन अधिकृत कमलमोहन पोख्रेलले जानकारी दिए । क्षेत्र नं.१ (क) मा ३४५ मतदाता रहेका थिए भने क्षेत्र नं.१ (ख) मा ५६५ मतदाता रहेका थिए ।

    यस्तै क्षेत्र नं.२ (क) मा ४७७ मतदाता रहेका थिए भने क्षेत्र नं.२ (ख) मा ४९२ मतदाता रहेका थिए ।

    त्यस्तै क्षेत्र नं.३ (क) मा ६०५ मतदाता रहेका थिए भने क्षेत्र नं.२ (ख) मा ३५५ मतदाता रहेका थिए ।

    कुन प्रदेश क्षेत्रमा को भए निर्वाचितः

    क्षेत्र नं. १ (क)

    क्षेत्र न.१ (क) प्रदेश सभापतिमा गणेश मल्ल ठकुरी निर्वाचित भएका छन् ।

    निर्वाचनमा ठकुरीको प्यानलै विजयी बनेको हो । ठकुरीले १७६ मत प्राप्त गरे । उनका निकटम प्रतिद्धन्द्धी कृष्ण श्रेष्ठले १७५ मत प्राप्त गरे । ठकुरी मात्र १ मतले सभापतिमा निर्वाचित भएका हुन् ।

    उपसभापतिमा राजु चौधरी र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् ।

    यस्तै सचिवमा संगीता चौधरी र दिपेन्द्र रोक्का निर्वाचित भएका छन् । यस्तै सह–सचिवमा कृष्णप्रसाद पाठक र पदम मोक्तान निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

    क्षेत्र नं. १ (ख)

    क्षेत्र न.१ (ख) प्रदेश सभापतिमा गोविन्द गौतम निर्वाचित भएका छन् ।

    शुक्रबार रातिसम्पन्न मतगणना अनुसार २७९ मतका साथ गौतम सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्धन्द्धी रामहरि न्यौपानेले २६५ र सुजन थापाले १९ मत प्राप्त गरे ।

    यस्तै उपसभापतिमा इन्द्रलाल न्यौपाने (२९३) र डिल्लीप्रसाद छत्कुली (२७८) मतका साथ निर्वाचित भएका छन् । उनीहरुका निकटम प्रतिद्धन्द्धी शंकर पौडेल २७३ र धिरेन्द्रप्रसाद घिमिरे २४४ मत प्राप्त गरे ।

    त्यस्तै सचिवमा देवेन्द्रबहादुर भुजेल (३४३) र मनोज चौधरी ३०६ मतका साथ निर्वाचित भएका छन् । सन्दीप रेग्मी २२६ र रुद्रप्रसाद सुवेदी २१२ मत मात्रै प्राप्त गरे ।

    यसैगरि सह–सचिवमा गीता दाहाल (३२३) र रामसिंह चौधरी (२९३) निर्वाचित भएका छन् । तुलसी पन्त २६६ र लालप्रसाद चालिसेले २०७ मत मात्रै प्राप्त गरे ।

    क्षेत्रीय सदस्य महिलातर्फ ३०७ मतका साथ बबिता चौधरी निर्वाचित भएकी छन् भने खुलातर्फ राजु तामाङ लामा (३२९) र ओमप्रसाद घिमिरे (२८९) निर्वाचित भएका छन् ।

    क्षेत्र नं. २ (क)

    क्षेत्र नं. २ (क) प्रदेश सभापतिमा जनार्दन प्रसाद दाहाल निर्वाचित भएका छन् । शनिबार विहान सम्पन्न मतगणना अनुसार २२९ मतका साथ दाहाल सभापतिमा निर्वाचित भएका हुन् ।

    उनका निकटम प्रतिद्धन्द्धी हरिप्रसाद भण्डारीले १९५ मत प्राप्त गरे भने राजकुमार गुरुङले ५० मत प्राप्त गरे ।

    यस्तै उपसभापतिमा मिठु गौतम सुवेदी (२५४) र केशवराज रिमाल (२४०) निर्वाचित भएका छन् । उनीहरुको निकटम प्रतिद्धन्द्धी इश्वरी प्रसाद अधिकारीले २०५ र प्रजापति सापकोटा १९४ मत मात्रै प्राप्त गरे ।

    त्यस्तै सचिवमा कुमबहादुर गुरुङ (२५४) र ठाकुर लामिछाने (२५१) निर्वाचित भएका छन् । मणिरत्न शाक्य २१९ र अर्जुन मर्दनिया १५४ मत मात्रै प्राप्त गरे ।

    यसैगरि सह–सचिवमा सुजन थापा (२४१) र सोमराज आचार्य (२२२) निर्वाचित भएका छन् ।

    क्षेत्र नं.२ (ख)

    क्षेत्र नं. २ (ख) प्रदेश सभापतिमा रोशन शाही ठकुरी निर्वाचित भएका छन् ।

    शुक्रबार राति सकिएको मतपरिणाम अनुसार ठकुरीले २६१ मतका साथ सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्धन्द्धी करुणाकान्त पोख्रेलले १९८ र रचन कार्कीले २३ मत प्राप्त गरे ।

    यस्तै उपसभापतिमा जानकी पौडेल सापकोटा (२५४) र महेन्द्रराज पौडेल (१९८) मतका साथ विजयी भएका छन् ।

    यस्तै सचिवमा कृष्ण विलास अधिकारी (२८९) र रविभन्द्र शर्मा खनाल (२१२) मतका साथ विजयी भएका छन् ।

    सह–सचिवमा बसन्त ढकाल र सजनी भन्तना विजयी भएको जिल्लाका मुख्य निर्वाचन अधिकृत कमलमोहन पोख्रेलले नारायणी अनलाइनलाई जानकारी दिए ।

    क्षेत्र नं.३ (क)

    क्षेत्र न.३ (क) प्रदेश सभापतिमा खेमनारायण सापकोटा निर्वाचित भएका छन् ।

    शुक्रबार भएको निर्वाचनबाट ३०८ मतका साथ सापकोटा सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्धन्द्धी कमलनाथ पौडेलले १५८ र शालिकराम पौडेलले ११८ मत प्राप्त गरे ।

    यस्तै उपसभापतिमा आशबहादुर गुरुङ (४५२) र सूर्यकला अधिकारी कोइराला (२४१) मतका साथ निर्वाचित भएका छन् ।

    त्यस्तै सचिवमा ठाकुरप्रसाद पौडेल (३६०) र आनन्द प्रसाद सुवेदी (३४०) निर्वाचित भएका छन् ।

    यस्तै सहसचिवमा डिलु गुरुङ (२९३) र भरत अधिकारी (११०) निर्वाचित भएका छन् । सहसचिवमा ९ जनाबीच प्रतिस्पर्धा भएको थियो ।

    क्षेत्र नं.३ (ख)

    क्षेत्र न.३ (ख) प्रदेश सभापतिमा शोभाखर चापागाईं निर्वाचित भएका छन् ।

    शुक्रबार राति सम्पन्न मतगणना अनुसार १४७ मतका साथ चापागाई सभापतिमा निर्वाचित भएका हुन् । सभापतिका प्रत्यासीहरु
    ओमप्रसाद पोखरेल ९९, रामबहादुर कुवँरले ७८ र अशोक लामाले २८ प्राप्त गरे ।

    यस्तै उपसभापतिमा लिलाराज भुसाल निर्वाचित भएका छन् । भुसालले २१२, केशब बसेलले २०० र भरत घिमिरे १९४ मत प्राप्त गरे ।

    यस्तै सचिवमा गोबिन्द शर्मा (१८६) र सूर्य अधिकारीले (१९१) मतका साथ विजयी भएका छन् । मनोहर सिग्देल १८२ मत प्राप्त गरे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.