राजनीति

प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद्को बैठक बोलाउने तयारी
-न्युजभित्तो

काठमाडौं, १५ फाल्गुन।  प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाउने तयारी गरेका छन् । प्रतिनिधिसभाको आज बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता छलफलला लागि पेश गरेर अनुमोदन गर्ने तयारी गर्नै लाग्दा मन्त्रिपरिषद्को बैठक तयारी गरिएको हो...

माओवादीको निर्णय : व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने
-न्युजभित्तो

काठमाडौं,१५ फाल्गुन।  नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभामा टेवुल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौतामा व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । आज बिहान प्रचण्ड निवास खुमलटारमा बसेको नेताहरुको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय...

काँग्रेसको जिल्ला अधिवेशन : बाँकेमा सभापतिका लागि ३ जना मैदानमा
-न्युजभित्तो

बुटवल,फागुन १५। लुम्बिनी प्रदेशको बाँके जिल्लामा नेपाली काँग्रेसको नेतृत्व छान्न रस्साकस्सी सुरु भएको छ । १५ गते हुने जिल्लाको १४ औँ अधिवेशनमा सभापतिका लागि आधा दर्जन आकाङ्क्षीको नाम चर्चामा रहे पनि अन्तिममा ३ जना निर्वाचनको मैदानमा उत्रने भएका छन्...

आज यी ६ जिल्लामा काँग्रेसको अधिवेशन
-न्युजभित्तो

काठमाडौँ,१५ फागुन। सत्तासीन नेपाली काँग्रेसले आज आइतबार ६ वटा जिल्लामा अधिवेशन गर्दैछ । सिन्धुपाल्चोक,मकवानपुर, सिन्धुली, पर्सा, महोत्तरी र कैलालीमा आज हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । बाँकी अन्य १० जिल्लाको अधिवेशन २० फागुनसम्म गरिसक्न निर्देशन दिइएको कांग्रेस केन्द्रीय निर्वाचन...

आज प्रतिनिधिसभा बैठक, कार्यसूचीमा एमसिसी
-न्युजभित्तो

काठमाडौं, १५ फागुन । प्रतिनिधिसभाको बैठक आज आइतबार दिउँसो बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा एमसिसीसम्बन्धी प्रस्तावमाथि सैद्धान्तिक छलफल सुरु हुने सम्भावना छ । सोही अनुसार आजको सम्भावित कार्यसूचीमा एमसिसी समावेश गरिएको छ । संसद् सचिवालयले शनिबार प्रकाशित गरेको सम्भावित...

एमाले माडी नगर कमिटीको कार्यालय उद्घाटन
-न्युजभित्तो

माडी, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी एमाले माडी नगर कमिटीको पार्टी कार्यालय र माडी वडा नं ३ को पार्टी कार्यालय आज शनिबार संयुक्त रुपमा उद्घाटन गरिएकाे छ । पार्टी कार्यालयको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य जे...

एमसिसि र सत्तासमिकरणबारे निर्णायक वार्ता गर्न एमाले र कांग्रेसका दोस्रो तहका नेता बालकोटमा
-न्युजभित्तो

काठमाडौं, १४ फागुन । नेकपा एमालेसँग वार्ताका लागि नेपाली कांग्रेसका नेताहरु बालकोट पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता अघि दोस्रो तहका नेताहरु वार्ताका लागि बालकोट पुगेका हुन् । कांग्रेस उपसभापति पूर्णवहादुर खड्का,सन्चारमन्त्री ज्ञानेन्द्रवहादुर...

गठबन्धन कायम राखेर एमसिसीलाई पारित गर्न माओवादी तयार
-न्युजभित्तो

काठमाडौँ, १३ फाल्गुन ।  नेकपा (माओवादी केन्द्र) ले सत्तारुढ गठबन्धनलाई कायम राख्दै अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौतालाई निष्कर्षमा पुर्याउनुपर्ने निर्णय गरेको छ । गठबन्धन नै कायम नरहने अवस्थामा भने पार्टीले नयाँ नीति तय गर्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल...

जसपाको केन्द्रीय कार्यकारणी समितिको बैठक आज बस्दै
-न्युजभित्तो

काठमाडौं,१३ फाल्गुन।  जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारणी समिति बैठक आजदेखि काठमाडौं शुरु हुँदैछ । बालकुमारीस्थित केन्द्रीय कार्यालयमा आज ११ बजेदेखि शुरु हुने बैठकमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) देखि स्थानीय चुनावको तयारीबारे छलफल हुने बताइएको...

एमसीसीको पक्षमा मत गर्ने लोसपाको निर्णय
-न्युजभित्तो

काठमाडौं,११ फाल्गुन ।  लोकतान्त्रिक समाजवादी पार्टीले संसदमा टेबुल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्षमा मतदान गर्ने निर्णय गरेको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको लोसपा संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टीका कार्यकारिणी सदस्य...