सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले माडी नगर कमिटीको कार्यालय उद्घाटन


  •    न्युजभित्तो/१४ फाल्गुन २०७८, शनिबार २०:४१ 
  • माडी, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी एमाले माडी नगर कमिटीको पार्टी कार्यालय र माडी वडा नं ३ को पार्टी कार्यालय आज शनिबार संयुक्त रुपमा उद्घाटन गरिएकाे छ ।

    पार्टी कार्यालयको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य जे एन थपलियाले नेकपा एमालेले अगाडि सारेका विकास र समृद्धिका योजनाअनुसार अगाडि बढ्न सकेमा मात्र देशका तमाम समस्या समाधान हुने बताउनुभयो ।

    अहिले नेकपा एमालेमाथि चौतर्फी प्रहार भइरहेको भए पनि जनताको अगाडि लोकप्रिय बन्दै गएको जनाउँदै केन्द्रीय सदस्य थपलियाले अबका सबै निर्वाचनमा एमाले बहुमतका साथ पहिलो पार्टी बन्ने भएकोले जनताको घरदैलोमा पुगेर समस्यालाई सम्बोधन गर्न नगर कमिटीलाई निर्देशनसमेत दिनुभयो ।

    नेकपा एमाले माडी नगर कमिटीका अध्यक्ष नारायणप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न पार्टी कार्यालय उद्घाटन कार्यक्रममा नेकपा एमालेका चितवन जिल्ला सचिव प्रकाश खनाल शैलेस, उप सचिव प्रकाश ढुङ्गाना माडी नगर कमिटीका पदाधिकारी र सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
    कार्यालय उद्घाटन कार्यक्रम अगाडि नेकपा एमाले माडी नगर कमिटिको बैठक पनि सम्पन्न भएको थियो । वैठकले १४ सदस्यीय सचिवालय पनि गठन गरेको छ भने फागुन मसान्तभित्र टोल टोलमा एमाले अभियान सम्पन्न गर्ने निर्णय भएको नगर कमिटीका सचिव श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो ।                 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.