सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद्को बैठक बोलाउने तयारी


  •    न्युजभित्तो/१५ फाल्गुन २०७८, आईतवार १४:४८ 
  • काठमाडौं, १५ फाल्गुन।  प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाउने तयारी गरेका छन् । प्रतिनिधिसभाको आज बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता छलफलला लागि पेश गरेर अनुमोदन गर्ने तयारी गर्नै लाग्दा मन्त्रिपरिषद्को बैठक तयारी गरिएको हो ।

    एमसीसी सम्झौतामाथि ११ बुँदामा व्याख्यात्मक घोषणा गरिने भएपछि मन्त्रिपरिषद्को बैठक बस्ने तयारी गरिएको हो । एमसीसी संसद्‌बाट अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनबीच भएको सहमतिको विषयमा निर्णय गर्नका लागि संसद् बैठकअघि मन्त्रिपरिषद्‌को बैठक बस्ने भएको हो ।

    मन्त्रिपरिषद् बैठक ३ बजे बस्ने भनिएपनि पनि कहाँ बस्ने भन्ने बारेमा जानकारी दिएको छैन । आइबार बिहान बसेको सत्ता गठबन्धनको बैठकमा व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने गरेको निर्णयको टिप्पणी मन्त्रिपरिषद्‌बाट पारित गर्ने तयारीमा देउवा सरकार रहेको छ ।

    सत्ता गठबन्धनको आज बिहान बसेको बैठकले एमसिसी सम्झौता व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन गर्ने निर्णय गरेको थियो । आज प्रतिनिधिसभाका दुई वटा बैठक राख्ने सरकारले तयारी गरेको छ । पहिलो बैठकमा एमसीसी छलफलका लागि पेश गर्ने र दोस्रो बैठकले अनुमोदन गर्ने रणनीति सरकारले अवलम्वन गरेको हो ।

    मन्त्रिपरिषद्को निर्णयबाट ११ बुँदामा व्याख्यात्मक टिप्पणी समावेश गरिएपछि सैद्धान्तिक छलफलका लागि प्रतिनिधिसभा बैठकमा सम्झौता प्रस्तुत गर्ने तयारी भएको एक मन्त्रीले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.