सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जसपाको केन्द्रीय कार्यकारणी समितिको बैठक आज बस्दै


  •    न्युजभित्तो/१३ फाल्गुन २०७८, शुक्रबार १०:५५ 
  • काठमाडौं,१३ फाल्गुन।  जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारणी समिति बैठक आजदेखि काठमाडौं शुरु हुँदैछ । बालकुमारीस्थित केन्द्रीय कार्यालयमा आज ११ बजेदेखि शुरु हुने बैठकमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) देखि स्थानीय चुनावको तयारीबारे छलफल हुने बताइएको छ ।

    एमसीसी लगायतका कारण जसपाभित्र तीव्र विवाद छ । अध्यक्ष उपेन्द्र यादव राष्ट्रिय सहमति भएमा मात्र एमसीसी संसदवाट अनुमोदन गर्नुपर्ने अडानमा छन् भने संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई एमसीसी जसरी पनि पास गर्नुपर्ने भन्दै आएका छन् ।

    एमसीसीको विवादले पार्टी विभाजनको दिशातिर उन्मुख भई रहेको अनुमान गरिएको छ । बाबुराम पक्षधरले उपेन्द्र यादवले पार्टीमा एकलौटी गरेको भन्दै हस्ताक्षरसमेत संकलन गरेका छन् ।

    आजको बैठकमा एमसीसी, स्थानीय तह निर्वाचन र पार्टीको विधान सम्मेलन गर्ने लगायत एजेन्डा तय भएका छन् । यसका साथै समसमायिक राजनीतिक बिषयमा पनि छलफल हुनेछ । यसअघि तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा हुने भनिएको बैठक अन्तिममा बालकुमारीस्थीत केन्द्रिय कार्यालयमा हुन लागेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.