राजनीति
काठमाडौँ, १० वैशाख । सङ्घीय संसद् र प्रदेशसभाका सदस्यहरुले सरकारको आगामी नीति, कार्यक्रम र बजेटमा बालबालिका क्षेत्रलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सांसदहरुले बालअधिकारमुखी बजेट र नीतिगत व्यवस्थाका लागि आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै बाल...
गण्डकी, १० वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शान्ति सुरक्षासँगै विपद्मा सुरक्षाकर्मीले निर्वाह गरेको भूमिका प्रशंसनीय भएको बताउनुभएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा नवनिर्मित गण्डकी प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवनहरूको आज पोखरामा उद्घाटन गर्दै उहाँले प्रहरी सङ्गठनले राज्य...
अत्तरिया (कैलाली), ९ वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार सञ्चार क्षेत्रको समग्र विकासका पक्षमा रहेको बताउनुभएको छ । सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सङ्घीय सरकारको परिपत्रको विरोधमा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले घोषणा गरेको दबाबमूलक अभियानअन्तर्गत...
काठमाडौँ, ९ वैशाख । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनका विषयमा राजनीतिक दल र उम्मेदवारबाट अहिलेसम्म कुनै पनि गुनासो नआएको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस) द्वारा तयार पारिएको प्रतिनिधिसभा सदस्य निर्वाचन,...
काठमाडौँ, ९ वैशाख । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ । उहाँले आज राजीनामाको घोषणा गर्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ, “मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘स्वार्थको द्वन्द्व’ नदेखियोस् र त्यसमा कुनै असर...
काठमाडौँ, ९ वैशाख । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा भइरहेका सबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न वामपन्थी शक्तिबीच एकता आवश्यक भएको बताउनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवसका अवसरमा आज शुभकामना सन्देश जारी...
काठमाडौँ, ८ वैशाख । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहनुभएका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यएसिया मामिलासम्बन्धी सहायकमन्त्री एसपल कपुरले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनेलगायत विषयमा छलफल भएको मन्त्रालयले...
काठमाडौँ, ८ वैशाख । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारी सहित कर्मचारीहरूसँग बैठक गर्दै हुनुहुन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने सो बैठकमा सरकारको राष्ट्रिय प्राथमिकता, यी निकायहरूको जिम्मेवारी, कार्यक्रम र बजेटबारे छलफल हुनेछ । प्रधानमन्त्रीका...
काठमाडौँ, ८ वैशाख । उच्च अदालत जनकपुर इजलासले सरकारी बाटो व्यक्तिले आफ्नो नाममा नापी गरेको विवादमा सो मुद्दाको विषयवस्तुको जटिलतालाई मध्यनजर गरी स्थलगत अध्ययनपश्चात प्रतिवेदन पेस गर्न आदेश गरेको छ । कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीश टीकाराम आचार्यको इजलासले...
काठमाडौँ, ७ वैशाख । अध्यागमन विभागले गैरकानुनी अभ्यास गर्ने दुई जना अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ । आज एक विज्ञप्ति जारी गरी विभागका प्रवक्ता एवं निर्देशक टिकाराम ढकालले नेपाली नागरिकलाई सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय...
















