सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुरक्षाकर्मीको भूमिका प्रशंसनीय: मुख्यमन्त्री पाण्डे


  •    न्युजभित्तो/१० बैशाख २०८३, बिहीबार १६:१८ 
  • गण्डकी, १० वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शान्ति सुरक्षासँगै विपद्मा सुरक्षाकर्मीले निर्वाह गरेको भूमिका प्रशंसनीय भएको बताउनुभएको छ ।

    गण्डकी प्रदेश सरकारको सहयोगमा नवनिर्मित गण्डकी प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवनहरूको आज पोखरामा उद्घाटन गर्दै उहाँले प्रहरी सङ्गठनले राज्य र नागरिकको सुरक्षाको गहन जिम्मेवारी बहन गर्दै आएको बताउनुभयो ।

    उहाँले हरेक घटनामा राज्यको प्रतिनिधिका रुपमा पहिलो उपस्थिति रहने सुरक्षा निकायलाई सरकारले साधन–स्रोत सम्पन्न र आधुनिक प्रविधिमा दक्ष बनाउन थप लगानी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । संवैधानिक व्यवस्थाअनुसार गण्डकी प्रदेश सरकारले आफ्नो दायित्व र कर्तव्यबोधका साथ २०७५ सालमा स्थापना भएको गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रको भौतिक पूर्वाधार निर्माण प्रारम्भ गरेको उहाँले जानकारी दिनुभयो ।

    नवनिर्मित कार्यालय, ब्यारेक, क्वाटर गार्ड, कार्यालय प्रमुख तथा वरिष्ठ अधिकृत निवास र मेस भवनको निर्माणसँगै प्रहरी संगठनको सीप, दक्षता र क्षमता थप सुदृढ हुने विश्वास व्यक्त गर्दै उहाँले भर्ना छनोट, आधारभूत तथा सेवाकालीन तालिम सञ्चालनमा यी संरचनाले महत्त्वपूर्ण सहयोग पु-याउने बताउनुभयो ।

    “यो तालिम केन्द्रले समय सापेक्ष प्रशिक्षण प्रणालीमार्फत तालिमको गुणस्तर अभिवृद्धि गर्दै पेसागत ज्ञान, सीप र दक्षतायुक्त सक्षम प्रहरी जनशक्ति उत्पादन गर्नेछ भन्ने अपेक्षा राखेको छु”, उहाँले भन्नुभयो ।

    अपराध नियन्त्रण, अनुसन्धान तथा मानवीय उद्धारमा नवीनतम प्रविधि र प्रक्रियाको प्रभावकारी प्रयोग गर्ने क्षमताको विकासमा समेत यो केन्द्र महत्त्वपूर्ण बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    प्रदेश सरकार स्थापना भएयता गण्डकी प्रदेशमा निर्माण सुरु भएका ३५ प्रहरी युनिटका भवनमध्ये ३४ वटा निर्माण सम्पन्न भइसकेको र एउटा अन्तिम चरणमा रहेको मुख्यमन्त्रीले जानकारी गराउनुभयो । सीमित साधन र स्रोतका बाबजुद पनि गण्डकी प्रदेश सरकारले शान्ति सुरक्षा र नागरिकप्रतिको दायित्वलाई उच्च प्राथमिकतामा राख्दै हरेक वर्ष करिब १५ करोड रुपैयाँभन्दा बढी बजेट सुरक्षा निकायका लागि विनियोजन गर्दै आएको उहाँले बताउनुभयो ।

    प्राविधिक प्रहरी नायब उपरीक्षक ई चीरञ्जिवी महतोका अनु्सार कार्यालय पसिरमा कार्यालय भवन, समादेशक निवास, दुईवटा सिनियर अफिसर क्वाटरलगायत निर्माणका लागि मूल्य अभिवृद्धि करसहित छ करोड ४६ लाख १२ हजार ३२७ रुपैयाँका साथै छ दुई वटा ब्यारेक, दुईवटा मेस, क्वाटर गार्ड लगायतका संरचनाका लागि छ करोड ५५ लाख ४५ हजार ७१६ रुपैयाँ भुक्तानी भएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो: प्रहरी महानिरीक्षक कार्की
    नीति, कार्यक्रम र बजेटमा बालबालिकालाई प्राथमिकता दिइने
    • सुरक्षाकर्मीको भूमिका प्रशंसनीय: मुख्यमन्त्री पाण्डे
    • मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान
    • रेडपाण्डा संरक्षण गर्न चेतनामूलक कार्यक्रम
    • बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.