सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’


  •    न्युजभित्तो/९ बैशाख २०८३, बुधबार १२:१९ 
  • काठमाडौँ, ९ वैशाख । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा भइरहेका सबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न वामपन्थी शक्तिबीच एकता आवश्यक भएको बताउनुभएको छ ।

    नेपाली कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले कम्युनिष्ट आन्दोलनले मात्र उपेक्षित र उत्पीडित समुदायहरूको अधिकार र राष्ट्रिय स्वाधीनताको संरक्षण गर्न सक्ने बताउनुभएको छ ।

    “नेपाली कम्युनिष्टहरूको काँधमा विगतका बलिदानीपूर्ण सङ्घर्षका उपलब्धि रक्षा गर्दै आम गरिब किसान तथा श्रमजीवी जनताको पक्षमा क्रान्ति अगाडि बढाउने जिम्मेवारी अझ बढेको छ”, उहाँले सन्देशमा भन्नुभएको छ ।

    संयोजक दाहालले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा र विकास गर्न, शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी अपरिहार्य रहेकामा जोड दिनुभएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    • स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.