सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश सरकार सञ्चार क्षेत्रको समग्र विकासको पक्षमा छः मुख्यमन्त्री शाह


  •    न्युजभित्तो/९ बैशाख २०८३, बुधबार १६:२६ 
  • अत्तरिया (कैलाली), ९ वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार सञ्चार क्षेत्रको समग्र विकासका पक्षमा रहेको बताउनुभएको छ । 

    सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सङ्घीय सरकारको परिपत्रको विरोधमा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले घोषणा गरेको दबाबमूलक अभियानअन्तर्गत महासङ्घको सुदूरपश्चिम प्रदेश समितिले आज धनगढीमा आयोजना गरेको छलफल कार्यक्रममा मुख्यमन्त्री शाहले सरकारले पत्रकारिता क्षेत्रलाई सहयोग पुग्ने वातावरण बनाउनुपर्ने उल्लेख गर्दै प्रदेश सरकार त्यसमा प्रतिवद्ध रहेको बताउनुभयो ।

    मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशसभामा आमसञ्चार विधेयक टेबुल भएको जानकारी दिँदै  त्यसलाई सम्पूर्ण मिडिया क्षेत्रले अपनत्व गर्नेगरी तथा समग्र सञ्चार क्षेत्रको विकासमा टेवा पुग्ने गरी छलफल गरेर पास गरिने बताउनुभयो । उहाँले सङ्घीय सरकारको परिपत्रले विशेषगरी निजी क्षेत्रका मिडिया समस्या परेका उल्लेख गर्दै यसमा सरकारले निश्चित मापदण्ड बनाउनुपर्ने सुझाव दिनुभयो ।

    निजी तथा सरकारी सञ्चारमाध्यमलाई निश्चित मापदण्ड बनाएर अगाडि बढाउन मुख्यमन्त्री शाहले सङ्घी सरकारलाई आग्रहसमेत गर्नुभयो । सूचना सम्प्रेषण सँगसँगै सञ्चार क्षेत्रमा लागेकाको जीविकोपार्जनको वातावरण सरकारले बनाउनुपर्ने उहाँको भनाइ थियो ।

    छलफलमा महासङ्घका प्रदेश अध्यक्ष भरतबहादुर शाहले मिडिया क्षेत्रको समग्र अवस्थाका बारेमा मुख्यमन्त्री शाहलाई जानकारी गराउनुभएको थियो । उहाँले निजी क्षेत्रका मिडिया धारासायी बन्दै गएकाले त्यसतर्फ प्रदेश सरकारको ध्यान जानुपर्ने बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रदेश सरकार सञ्चार क्षेत्रको समग्र विकासको पक्षमा छः मुख्यमन्त्री शाह
    ट्राफिक प्रहरीद्वारा काठमाडौँमा पछिल्लो २४ घण्टामा २३ लाख २० हजार राजस्व सङ्कलन
    अनुचित लेनदेनका तेह्र उजुरी
    • ‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
    • ताकम–हिलापोखरी–सोलवाङ सडक स्तरोन्नति सुरु
    • यस पटकको निर्वाचनप्रति कसैको ‘सिकायत’ रहेन: कार्यवाहक प्रमुख निर्वाचन आयुक्त
    • गृहमन्त्री गुरुङद्वारा राजीनामा घोषणा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.