सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

यस पटकको निर्वाचनप्रति कसैको ‘सिकायत’ रहेन: कार्यवाहक प्रमुख निर्वाचन आयुक्त


  •    न्युजभित्तो/९ बैशाख २०८३, बुधबार १६:०१ 
  • काठमाडौँ,  ९ वैशाख । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनका विषयमा राजनीतिक दल र उम्मेदवारबाट अहिलेसम्म कुनै पनि गुनासो नआएको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस) द्वारा तयार पारिएको प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्बन्धी सम्प्रेषित समाचार सामग्रीसहितको प्रतिवेदन आज ग्रहण गर्दै उहाँले निर्वाचन सम्पन्न गर्न तदारुकता र इच्छाशक्तिसँगै समय र मौसमलगायत परिस्थितिले पनि साथ दिएको स्पष्ट पार्नुभयो ।

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भन्नुभयो, “प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारी दर्तादेखि मतगणनासम्मका सबै कार्यक्रम शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भयो । पुनः मतगणना, बदर र पुनः निर्वाचनको ‘सिकायत’ कहीँकतै भएन ।”

    निर्वाचनका सन्दर्भमा आयोग र राससबीच अत्यन्त नजिक रहेर सहकार्य भएको प्रसङ्ग उल्लेख गर्दै कावा प्रमुख निर्वाचन आयुक्त भण्डारीले भन्नुभयो, “नेपालको भरपर्दो समाचार सम्प्रेषण गर्ने व्यावासायिक संस्थाका रूपमा रासस रहेको छ ।” राससले निर्वाचनको माहोल सिर्जना गर्न अहम् भूमिका निर्वाह गरेको उल्लेख गर्दै उहाँले राससबाट निर्वाचनका सन्दर्भमा भएको कार्यसम्पादनप्रति आयोग सन्तुष्ट रहेको बताउनुभयो ।

    शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्नका लागि सञ्चारमाध्यमको पनि अहम भूमिका हुने भन्दै कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भन्नुभयो, “पहिलेका निर्वाचन पनि हामीले देखे भोगेकै हौँ, चुनाव भन्यो कि शान्ति सुरक्षाको कुरा आइनै हाल्छ, तर यसपटक सबैतिरबाट यस्तो वातावरण बन्न सक्यो कि चुनावका लागि बन्दुक त के लौरो उठाउनुपर्ने अवस्था पनि आएन । यसका लागि निर्वाचन आयोग सबैप्रति कृतज्ञ छ ।”

    राससका अध्यक्ष उदय राना मगरले निर्वाचनका सम्बन्धमा निर्वाचन आयोग र राससबीच भएको सम्झौता र समन्वय बमोजिम नै कार्यजिम्मेवारी पूरा गरिएको जानकारी गराउँदै समाचारका माध्यमबाट निर्वाचनको वातावरण तयार पार्ने काममा राससले सकारात्मक भूमिका निर्वाह गरेको बताउनुभयो ।

    महाप्रबन्धक सन्दीप राईले राज्यले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने कामलाई प्रमुख प्राथमिकता दिएकाले सोही गतिका साथ राससले पनि कार्यसम्पादन गरेको चर्चा गर्नुभयो ।

    सो अवसरमा निर्वाचन आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुन शम्शेर जबरा, आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई, राससका प्रबन्ध सम्पादक उत्तम सिल्वाल, निर्वाचन डेस्क प्रमुख तथा प्रमुख समाचारदाता एकराज पाठक, आलेख समाचार प्रमुख कृष्ण अधिकारी, प्रधानसम्पादक एवं प्रशासन प्रमुख शीतलप्रसाद महतो, लेखा प्रमुख रुद्रमणि अधिकारी, खोजी समाचार प्रमुख नारायणप्रसाद न्यौपानेलगायत उपस्थित हुनुहुन्थ्यो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रदेश सरकार सञ्चार क्षेत्रको समग्र विकासको पक्षमा छः मुख्यमन्त्री शाह
    ट्राफिक प्रहरीद्वारा काठमाडौँमा पछिल्लो २४ घण्टामा २३ लाख २० हजार राजस्व सङ्कलन
    अनुचित लेनदेनका तेह्र उजुरी
    • ‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
    • ताकम–हिलापोखरी–सोलवाङ सडक स्तरोन्नति सुरु
    • यस पटकको निर्वाचनप्रति कसैको ‘सिकायत’ रहेन: कार्यवाहक प्रमुख निर्वाचन आयुक्त
    • गृहमन्त्री गुरुङद्वारा राजीनामा घोषणा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.