राजनीति
चितवन, २८ वैशाख । पूर्वी चितवनको एग्रोभेटमा खाद्यान्न र पशु औषधि एकै ठाउँमा बिक्री गरेको पाइएको छ । कालिका नगरपालिका र रत्ननगर नगरपालिकाका केही एग्रोभेटमा अनुगमनका क्रममा यस्तो पाइएको हो । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापक केन्द्र हरिहरभवन ललितपुर र...
काठमाडौं, २८ वैशाख । सल्यानको दार्मा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड जाने भएका छन्। दार्मा गाउँपालिका(३ मा रहेको पालिकाको प्रशाकीय भवन बिहान ११ बजे उद्घाटन गरिँदैछ। भवन उद्घाटनका लागि प्रधानमन्त्री नै जाने भएपछि पालिकाभरी सार्वजनिक बिदा दिइएको छ।...
चितवन, २७ वैशाख । भरतपुर महानगरपालिकाले निर्वाहमुखी पशुपालन कार्यक्रमलाई तीव्र पारेको छ । २०८० सालदेखि सुरु निर्वाहमुखी कृषि कर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्ने अभियान यो वर्ष पनि निरन्तरता दिएको मेयर रेनु दाहालले जानकारी दिइन् । अभियानकै क्रममा बिहीबार पनि भरतपुर महानगरपालिका–२८...
चितवन, २७ वैशाख । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जेष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गर्नुपर्ने बताएकी छन् । भरतपुर वडा नम्बर २५ले गरेको ज्येष्ठ नागरिक र एकल महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले ज्येष्ठ नागरिकसँग रहेका राम्रा...
चितवन, २७ वैशाख । नारायणगढ-मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी धमाधम काम भइरहेको छ । यो खण्डका १५ पुलमध्ये ११ वटा सञ्चालनमा छन्भने चार वटा निर्माणाधीन छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण...
काठमाडौँ, २६ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ऐन निर्माण गर्दा प्रधानमन्त्रीलाई नै अल्पमतमा पार्ने प्रावधान राखेर विधेयक अघि बढाउन नहुने सुझाव दिनुभएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार...
काठमाडौँ, २६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले आज भृकुटीमण्ड बजार क्षेत्रको निरीक्षण गर्नुभएको छ । उहाँले निरीक्षणपछि बजार व्यवस्थित गर्न निर्देशन दिनुभयो । समाज कल्याण परिषद्अन्तर्गत सञ्चालित भृकुटीमण्डप खुला बजार कुनै पनि बेला जोखिममा पर्न सक्ने...
काठमाडौँ, २६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएसँगै राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताउनुभएको छ । सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको आज सिन्धुलीको सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा सुरूङ ‘ब्रेक–थ्रु’ गर्नुहुँदै प्रधानमन्त्री दाहालले आयोजना सम्पन्न...
सिन्धुली, २६ वैशाख । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गर्नुभएको हो । प्रधानमन्त्री दाहालले टिबीएम स्विच थिचेपछि आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ...
पोखरा, २६ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालत र निर्वाचन आयोगका क्रियाकलाप गम्भीरताका साथ हेरिरहेको बताएका छन् । बुधबार बिहान गण्डकीका कांग्रेस सांसदहरूसँगको भेटमा देउवाले कम्युनिस्टहरू सत्ता कब्जाको शैलीमा अगाडि बढेको बताए । त्यसमा संवैधानिक निकाय, आयोगको...












