सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संसदमा गृहमन्त्री लेखकलाई गगन थापाको प्रश्न- रवि लामिछानेबारे के गर्नुभयो ?


  •    न्युजभित्तो/२९ श्रावण २०८१, मंगलवार १६:०४ 
  • काठमाडौं, २९ साउन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नै पार्टीबाट बनेका गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै लेखकले रवि लामिछानेका विषयमा गत चैत १२ मा प्रश्न उठाउँदा कागजसमेत लिएर यो प्रमाण हो भनेकोमा गृहमन्त्री भएपछि प्रमाण के भयो भन्दै प्रश्न उठाएका हुन् ।

    ‘माननीय रमेश लेखक मेरो पछाडि हुनुहुन्थ्यो । चैत १२ गते उहाँले रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट पुलेसो कर्जा लिनुभएको छ । त्यसका विरुद्धमा पूरक उजुरी परेको छ । यो प्रमाण हो भन्नुभएको थियो,’ थापाले भने, ‘उहाँ अहिले उता हुनुहुन्छ । यता हुँदा प्रमाण हुने उता पुगेपछि प्रमाण नहुने भन्ने हुँदैन ।’ उनले आफूहरू जस्ता सांसद पनि रहेको भन्दै जता रहे पनि उही कुरा हुने बताए ।

    महामन्त्री थापाले सत्तापक्षको सांसद हो भन्दै सरकारले जे गरे पनि थपडी नबजाउने चेतावनी दिएका छन् । उनले सरकारलाई सत्तापक्षको सांसद हो भनी टाउको गनेर नबस्न सरकारलाई चेतावनी दिएका छन् । उनले अघिल्लो पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पनि आफूले सो कुरा भनेको स्मरण गराउँदै भने, ‘भोट हालेका हौं पक्षका सांसद हुन् । भोट हालेका हौं सबै मेरा सांसद भनेर टाउको गनेर हाम्रो सांसद हुन्, हामीले जे भनेपनि थपडी बजाउँछन् भनेर नलिइउयोस् । विवेक भएका सांसद हौं । हाम्रो पार्टीको निर्णयसँग बाँधिएका छौं । हाम्रो सरकार हो यसलाई सफल बनाउन चाहान्छौँ ।’

    महामन्त्री थापाले भदौ महिनामा व्रत बस्न मन्त्रीहरूलाई सुझाव दिएका छन् । ‘भदौमा व्रत लिइदिनुस् । नबोल्ने व्रत, उद्घाटन नगर्ने व्रत,’ उनले भने, ‘देश विकास गर्न आएका हौं भनेर भाषण गरिरहेको सुनिन्छ । एउटा काम गर्दिनुस् त्यसको पाँच गुणा प्रचार गर्ने जिम्म हाम्रो हो । मन्त्रालय जाने काम गर्ने परिणाम दिने ।’ प्रधानमन्त्री केपी शर्माओलीले भ्रष्टाचार गर्दिन भनेर भनिरहन नपर्ने उनले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.