राजनीति

हामीबीच एकता भए बहुमत प्राप्त पार्टी बनाउन सकिन्छः सभापति देउवा
-न्युजभित्तो

गण्डकी, २१ माघ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेता तथा कार्यकर्ताबीच एकताबद्ध रुपमा सङ्गठित भएर अब कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज पोखरामा आयोजित प्रदेश सभापति...

‘सामुदायिक विद्यालयमा सुधारको परिणाम देखिन थालेको छ’
-न्युजभित्तो

काठमाडौँ, २१ माघ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफ्नो निर्वाचन क्षेत्रमा रहेका सामुदायिक विद्यालयको स्तर सुधारका लागि गरेको प्रयासको परिणाम देखिन थालेको बताउनुभएको छ ।  आज पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयको ७७औँ वार्षिकोत्सव समारोहमा उपप्रधानमन्त्री सिंहले काठमाडौँ क्षेत्र नं...

जनताको खुसीलाई ध्यान दिएर काम गर्नुपर्छः सांसद बीनाकुमारी थनैत
-न्युजभित्तो

काठमाडौँ, २१ माघ । हामी राजनीतिकर्मीका लागि मुलुक र जनता नै सबैभन्दा ठूला हुन् । देशको विकास नै राजनीतिको प्रमुख केन्द्रविन्दुमा रहनुपर्छ । जनताको खुसीलाई ध्यान दिनुपर्छ । जनतालाई खुसी तुल्याउने हिसाबले काम गर्नुपर्छ । नेपालको संविधानको प्रस्तावनामा नै नेपाललाई...

दुष्कर्मको अन्धकार हटोस्: प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाडौँ, २१ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीप्रति हार्दिक नमन व्यक्त गर्नुभएको छ । वसन्तपञ्चमी तथा सरस्वती पूजाको आज शुभकामना व्यक्त गर्नुहुँदै उहाँले अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस्, प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीलाई...

रेलमार्ग निर्माणको परियोजनाबाट सरकार पछाडि नहट्ने मन्त्री दाहालको प्रतिबद्धता
-न्युजभित्तो

झापा, २० माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रस्तावित पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणसम्बन्धी परियोजनाबाट सरकार पछाडि नहट्ने प्रतिबद्धता जनाउनुभएको छ । विर्तामोडमा आज प्रेस चौतारी झापाद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले स्रोत व्यस्थापन गरेर चरणचरणमा मुआब्जा वितरण गरी सरकारले...

‘खानेपानीको क्षेत्रमा देखिएका समस्या समाधान गरिने छ’
-न्युजभित्तो

काठमाडौँ, १८ माघ । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको क्षेत्रमा देखिएका समस्या दीर्घाकालीन रुपमा समाधान गर्न मन्त्रालय कटिबद्ध रहेको बताउनुभएको छ । मन्त्रालयमा आज काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा केयुकेएल कर्मचारी ट्रेड युनियनसँगको छलफल तथा...

विगतमा स्थिर नभएपछि यो सरकार बनेको होः सभापति देउवा
-न्युजभित्तो

काठमाडौँ, १८ माघ । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विगतमा सरकार स्थिर नहुँदा जनअपेक्षित काम हुन नसकेको बताएका छन्। शुक्रबार (आज) बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘विगतमा सरकार स्थिर हुन नसकेपछि यो...

रविले सभामुखलाई निलम्बन फुकुवा गरिपाऊँ भन्दै बुझाए निवेदन
-न्युजभित्तो

काठमाडौँ, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग आफ्नो निलम्बन फुकुवा गर्न आग्रह गरेका छन् । लामिछानेले गत पुस ८ गते संसद् सचिवालयले आफूलाई सांसदबाट गरिएको निलम्बन फुकुवा माग गर्दै सभामुख...

युवाहरूको ऊर्जा समाज रुपान्तरणमा प्रयोग हुनुपर्छः अध्यक्ष दाहाल
-न्युजभित्तो

काठमाडौँ, १७ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूको ऊर्जा समाजको अग्रगामी रुपान्तरणमा सही ढङ्गले प्रयोग हुनुपर्ने बताउनुभएको छ । अखिल (क्रान्तिकारी) का नवनिर्वाचित पदाधिकारीहरुले आज उहाँको निवास खुमलटारमा गरेको भेटमा अध्यक्ष दाहालले युवाहरू शैक्षिक...

एचपिभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्वपूर्ण भूमिकाः शिक्षामन्त्री
-न्युजभित्तो

काठमाडौँ, १७ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले किशोरीलाई लगाउन थालिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप सेवा सञ्चालन र कार्यान्वयनमा विद्यालयको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । आज उहाँले भिडियो सन्देश जारी गरि पाठेघरको मुखको क्यान्सर रोगविरुद्ध दिइने...