सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जनताको खुसीलाई ध्यान दिएर काम गर्नुपर्छः सांसद बीनाकुमारी थनैत


  •    न्युजभित्तो/२१ माघ २०८१, सोमबार ११:२४ 
  • काठमाडौँ, २१ माघ । हामी राजनीतिकर्मीका लागि मुलुक र जनता नै सबैभन्दा ठूला हुन् । देशको विकास नै राजनीतिको प्रमुख केन्द्रविन्दुमा रहनुपर्छ । जनताको खुसीलाई ध्यान दिनुपर्छ । जनतालाई खुसी तुल्याउने हिसाबले काम गर्नुपर्छ ।

    नेपालको संविधानको प्रस्तावनामा नै नेपाललाई बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा बहुपहिचानयुक्त मुलुकका रुपमा चित्रण गरिएको छ । समानुपातिक र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प पनि गरेको छ । यही मान्यतालाई हामी सबैले व्यवहारिक रुपमा कार्यान्वयन गराउन प्रतिबद्ध हुनुपर्छ । संविधानमा सामाजिक न्यायको हक तथा महिलाको हक, दलितको हकलगायत आर्थिक, सामाजिक तथा राजनीतिक अधिकार सहितको झण्डै तीन दर्जन बराबरका मौलिक हक तथा अधिकारको व्यवस्था गरिएको छ ।

    आर्थिक, सामाजिक तथा पछाडि परेका महिला, दलित, आदिवासी, जनजाति, मधेशी, थारु, मुस्लिम, पिछडावर्ग, लैङ्गिक तथा यौनिक अलपसङ्ख्यक, युवा, किसान, श्रमिक तथा आर्थिक रुपले विपन्नलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिताको हक हुने व्यवस्थाको पनि सबल कार्यान्वयन गराउनेतर्फ सरकार र राज्य लाग्नुपर्छ ।

    संविधानको धारा ५१ मा रहेको सामाजिक न्याय तथा समावेशीसम्बन्धी नीति, राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग र समुदायबाट हुनुपर्ने प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने, सङ्घीय संसद्मा एक तिहाई सदस्य महिला हुनुपर्ने सुनिश्चितता गरेको छ । सबै मातृभाषालाई राष्ट्र भाषाका रुपमा मान्यता प्रदान गरिएको छ । संविधानमा भएका यी सकारात्मक प्रावधानहरुको कार्यान्वयनबाट नै नेपाली नागरिक खुसी हुन्छन् भन्ने मेरो धारणा छ ।

    संसद्ले अब फटाफटी काम गर्नुपर्छ

    सङ्घीय संसद्का अघिल्ला अधिवेशनमा थोरै काम भए । सदन राम्रोसँग चल्न नसकेका कारण अपेक्षित रुपमा कानुन निर्माण हुन पाएन । गत वर्ष विधेयक पारित गर्ने समयमा प्रतिपक्षी दलका तर्फबाट लामो समय सदन अवरोध हुन पुग्यो । अब ढिलासुस्ती गरेर हुँदैन, फटाफटी काम गर्नुपर्छ ।

    पिछडिएको क्षेत्रमा सडक निर्माणको कामलाई गति दिएको छु

    नवलपुर जिल्लाको निर्वाचन क्षेत्रमा जाँदा जनताको तर्फबाट अनेकन माग रहने गरेको छ । म पिछडिएको समुदायबाट प्रतिनिधित्व गर्ने भएकाले पनि पछाडि परेको क्षेत्रमा पक्कै पनि विकास निर्माणको काम अगाडि बढ्छ भन्ने जनअपेक्षा छ । हाम्रो गाउँठाउँमा विकास निर्माणको काम अगाडि बढ्नुप¥यो भन्ने छ । बाहिर गएर पढ्न नसक्नेहरु पनि मेरो जिल्लामा धेरै छन् । गाउँघरमै सागसब्जी बेचेर वा सानोतिनो काम गरेर बाबुआमाले पढाएको अवस्था छ । ती विद्यार्थी र अभिभावकको माग छ कि हाम्रो गाउँठाउँमा राम्रो कलेज स्थापना होओस्, घर आँगनमै पढ्न पाइयोस् । लामो बाटो भएर कलेज जाँदा वन्यजन्तुको डर छ । गैँडाले आक्रमण गर्ला कि भन्ने सधैँ त्रास रहने गरेको छ ।

    झण्डै आधा शताब्दी पहिले पहाडबाट झरेको मान्छेले राम्रो बाटो हिँडन पाएको थिएन, तर अहिले सांसदका रुपमा मलाई उक्त काममा सक्रियतापूर्वक लागेको भनेर स्थानीयवासी धेरै खुसी भएका छन् । मैले आफ्नो क्षमताले भ्याएसम्म सहज तरिकाले काम गराउने प्रयास गरेकी छु । कोही कसैलाई पनि सामान्य भन्दा सामान्य कामका लागि काठमाडौँ आउन नपरोस् भनेर म आफैँ नियमित रुपमा खटिरहेको छु । आफैँ पनि पिछडावर्गको नेता भएको हुनाले मैले सोही वर्गलाई नै सजिलो होओस् भनेर लागिपरेकी छु ।

    कृषि क्षेत्रको विकासमा ध्यान दिऔँ

    ठूलो मात्रामा नागरिक रोजगारीको खोजीमा विदेशिएका कारण मैले सकेसम्म उनीहरुलाई देशमै राख्नका लागि कृषि क्षेत्रको विकास गर्नुपर्छ भनेर आफ्नो धारणा राख्दै आएको छु । युवा जनशक्ति विदेशिन नपरोस् भनेर कृषि विकास मन्त्रालयमा मैले आफ्नो योजना र अवधारणा पनि बुझाएको छु । कृषि क्षेत्रको विकासका लागि यी र यस्ता योजना बनाएर अगाडि बढौँ भनेर मैले सम्बन्धित निकायलाई घच्घच्याउने काम पनि गरेको छु । कृषक र कृषि क्षेत्रलाई प्रोत्साहन दिएको खण्डमा आफ्नो देशको उत्पादन आफैँमा खपत गर्न सकिन्छ । रोजगारीको अवसरमा पनि वृद्धि हुन्छ भनेर सांसदका तर्फबाट सरकारलाई र सम्बन्धित मन्त्रालयलाई आफ्नो अवधारणा र कार्ययोजना समेत पेस गरेको छु ।

    गरिब जनताको हितका लागि हामीले काम गर्नुपर्छ । महङ्गी नियन्त्रणमा सरकारले ध्यान दिनुपर्छ । गरिब एवं आर्थिक रुपमा विपन्न वर्ग एवम् लक्षित समुदायको हितमा काम गर्नुपर्छ । संविधान संशोधन गर्ने भनेर नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको सहमतिका आधारमा अगाडि बढ्दा हाल संविधानमा भएका सकारात्मक व्यवस्था कायम रहोस् भन्ने मेरो चाहना छ । पार्टीमा पनि मैले यही कुरा राख्दै आएको छु ।

    सांसद वीनाकुमारी थनैतको परिचय

    नेपाली कांग्रेसका सांसद बीनाकुमारी थनैतको जन्म २०२८ साल असोज १८ गते भएको हो । थारु समुदायबाट प्रतिनिधित्व गर्नुहुने उहाँको स्थायी ठेगाना गण्डकी प्रदेश नवलपुर कावासोती–७ टरुवा टोल हो । समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनु भएकी सांसद थनैत विद्यार्थीकालदेखि नै राजनीतिक रुपमा नेपाली कांग्रेसमा आवद्ध हुनु भएको थियो । २०६१ सालमा कावासोती महिला माछापालन समूहको संस्थापक अध्यक्ष भएर १३ वर्ष काम गर्नुभयो । विसं २०६४ को संविधानसभा सदस्यमा तराई –मधेश लोकतान्त्रिक पार्टीबाट प्रत्यक्ष चुनावमा भाग लिनुभएको थियो । (सांसदसँग रासस सम्वादका लागि सांसद थनैतसँग समाचारदाता रमेश लम्सालले गर्नुभएको कुराकानीको सम्पादित अंश) रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.