सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

युवाहरूको ऊर्जा समाज रुपान्तरणमा प्रयोग हुनुपर्छः अध्यक्ष दाहाल


  •    न्युजभित्तो/१७ माघ २०८१, बिहीबार १६:५१ 
  • काठमाडौँ, १७ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूको ऊर्जा समाजको अग्रगामी रुपान्तरणमा सही ढङ्गले प्रयोग हुनुपर्ने बताउनुभएको छ ।

    अखिल (क्रान्तिकारी) का नवनिर्वाचित पदाधिकारीहरुले आज उहाँको निवास खुमलटारमा गरेको भेटमा अध्यक्ष दाहालले युवाहरू शैक्षिक आन्दोलनको अगुवाई र राजनैतिक आन्दोलनको सेवामा सही ढङ्गले प्रयोग हुनसके देशको मुहार फेरिने बताउनुभयो ।

    भेटका क्रममा अध्यक्ष दाहालले भन्नुभयो, “आन्तरिक लोकतन्त्रको अभ्यासमार्फत निर्वाचित युवाको ऊर्जा नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि शैक्षिक आन्दोलनको अगुवाई गर्न सही ढङ्गले प्रयोग हुने विश्वास लिएको छु ।”

    उहाँले सम्पुर्ण निर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै देश विकास, समाज रूपान्तरण र सुशासनका पक्षमा लाग्न तथा गलत कृयालापविरूद्ध उत्रिन आह्वान गर्नुभयो ।

    माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा विजय सापकोटा, महासचिवमा रोशन थापा मगर, कोषाध्यक्ष फुलमाया राना मगरसहितको केन्द्रीय समिति निर्वाचित भएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.