राष्ट्रिय

ओलीलाई गलाउने पत्र
-न्युजभित्तो

काठमाडौं, पुष २ । मंसिर ३० गते संवैधानिक परिषदमा आफूनुकूल संशोधन गर्दै राष्ट्रपति विद्या भण्डारीबाट ‘बिजुली गति’ मा अध्यादेश जारी गराउनु भएका प्रधानमन्त्री केपी ओली पुष १ गतेको दिउँसो हुँदानहुँदै लत्रक्कै पर्नुभयो । २४ घटाअघि पार्टीभित्र र बाहिरका विपक्षी अघिल्तिर...

शिक्षा क्षेत्रमा हुने राजनीति रोक्नुपर्छ : लीलानाथ श्रेष्ठ
-न्युजभित्तो

लहान, २ पुस । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले शिक्षा क्षेत्रमा हुने राजनीति रोक्नुपर्ने बताउनुभएको छ । सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वास्थित जनता प्राविधिक नमूना माध्यमिक विद्यालयमा सूचना, सञ्चार तथा प्रविधि प्रयोगशालाको उद्घाटन गर्नुहुँदै उहाँले बढ्दो राजनीतिकरणका कारण...

राप्रपाद्वारा आन्दोलन घोषणा
-न्युजभित्तो

काठमाडौं, २ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्ध संघर्षका कार्यक्रमहरु तय गरेको छ । पार्टीको केन्दीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले यही पुस १२ गतेदेखि पहिलो चरणको आन्दोलन गर्ने निर्णय गरेको हो । भ्रष्टाचार नियन्त्रण, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या...

आजबाट दिल्लीका लागि काठमाडौंबाट नियमित हवाई उडान सूचारु
-न्युजभित्तो

काठमाडौं, २ पुस । आजबाट चैत २०७६ यता पहिलो पटक भारतको राजधानी दिल्लीका लागि काठमाडौंबाट नियमित हवाई उडान सूचारु भएको छ । सरकारले ११ चैतपछि देशव्यापी लकडाउन र हवाई उडानमाथि प्रतिवन्ध लगाएको थियो । त्यसपछि बन्द भएको यो रुटमा...

आफ्नै व्यवसायिक स्याटेलाइट राख्नका लागि परामर्शदाता छनोट
-न्युजभित्तो

काठमाडौं, २ पुस । सरकारले आफ्नै व्यवसायिक स्याटेलाइट राख्नका लागि परामर्शदाता छनोटको प्रक्रिया अघि बढाएको छ । बुधबार नेपाल दूरसञ्चार प्राधिकरणले एक आशयपत्र जारी गर्दै परामर्शदाता छान्न प्रक्रिया अघि बढाएको हो । प्राधिकरणका निर्देशक तथा प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार स्याटेलाइट...

सङ्क्रमितको शव काँधमा उठाउँदै महिला
-न्युजभित्तो

काठमाडौँ, पुस १ । कोभिड¬१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी) बाट हरेक दिनजसो नेपाली सेनाको कोभिड डेस्कमा सङ्क्रमित व्यक्तिको मृत्यु भएको खबर आइरहन्छ । मृत्युको खबर आउनासाथ नेपाली सेनाको उपत्यका पृतनाले तालीमप्राप्त सैनिक टोलीलाई तम्तयार हुन निर्देशन दिन्छ । कमाण्डरको...

पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
-न्युजभित्तो

काठमाडौं, १ पुस । पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५५५ जनाको परीक्षणमा ७३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २...

प्रधानमन्त्री संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत
-न्युजभित्तो

काठमाडौं, १ पुस । अन्ततः प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत भएका छन् । यो सहमतिसँगै बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी बनेका छन् । स्थायी कमिटीको बैठकअघि नै बालुवाटारमा...

प्रधानन्यायाधीश संवैधानिक परिषद बैठकमा जान मिल्दैन : राधेश्याम अधिकारी
-न्युजभित्तो

काठमाडौं, १ पुस । वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले अध्यादेशसम्बन्धी रिट सर्वोच्च अदालतमा पुगेकाले संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सहभागी हुन नमिल्ने बताएका छन् । सरकारले मंगलबार अध्यक्षसहित बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो...

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री उपस्थित नहुने, बैठकअघि नै ओली-दाहाल छलफल
-न्युजभित्तो

काठमाडौँ , १ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली उपस्थित नहुने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा १ बजेका लागि निर्धारित बैठकमा ओली उपस्थित भएका छैनन् । बैठकका लागि अधिकांश स्थायी कमिटी सदस्य...