प्रधानमन्त्री गणतन्त्र र संघीयता विरोधी भएको, प्रचण्ड–माधव समूहका अध्यक्ष नेपालको आरोप
न्युजभित्तो/१० पुष २०७७, शुक्रबार १५:४२
काठमाडौं, १० पुस । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयता विरोधी भएको बताएका छन् ।
आफ्नो समूहको केन्द्रीय कमिटी बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले भने, ‘उहाँलाई गणतन्त्रप्रति अपनत्व छैन । गणतन्त्र विरोधी मान्छे हो ।’ तत्कालीन एमालेमा ओलीले गणतन्त्रबारे फरक मत राख्दा आफू, झलनाथ खनाल, अमृतकुमार बोहोरा लगायतका नेताहरु साक्षी रहेको बताए ।