सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपालमा भूकम्पपछिको पुनर्निर्माणको गति भारत र पाकिस्तानको भन्दा आगाडी


  •    न्युजभित्तो/१० पुष २०७७, शुक्रबार १६:१० 
  • काठमाडौं, १० पुस । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपालमा भूकम्पपछिको पुनर्निर्माणको गति भारत र पाकिस्तानको भन्दा राम्रो रहेको बताएको छ ।

    प्राधिकरण स्थापनाको ५ वर्ष पुरा भएको अवसरमा प्रगति विवरण सार्वजनिक गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालले ५ वर्षमा पुनर्निर्माणको क्षेत्रमा गौरव गर्न लायक उपलब्धि हासिल गरेको बताए ।

    नेपालको पुनर्निर्माणको गति विगतमा भारत र पाकिस्तानमा भएको पुनर्निर्माण भन्दा निकै तिब्र गतिमा भएको समेत उल्लेख गरे । पाकिस्तानमा सन् २००५ मा आएको भूकम्पपछिको क्षति पुनर्निर्माणको काम अहिले पनि जारी रहेको भन्दै त्यसको तुलनामा नेपालको प्रगति लोभलाग्दो रहेको उनको दावी छ ।

    १२ वैशाख २०७२ को भूकम्पपछि सरकारले भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणलाई सहज बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेको थियो ।

    प्राधिकरणलाई प्रारम्भमा ५ वर्षको दिइएको समयावधि शुक्रबार पुरा भएको छ । १५ मंसिर २०७७ मा बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको समयावधि एक वर्ष लम्ब्याएको छ ।

    प्राधिकरणका अनुसार स्थापनाको ५ वर्षमा भूकम्पले भत्काएका निजी आवासतर्फ ९१ प्रतिशत प्रगति भएको छ । त्यसमध्ये अहिलेसम्म ६९.९ प्रतिशत घरको पुनर्निर्माण पुरा भएको छ । २१.१ प्रतिशत घरहरु भने अहिले पनि बनिरहेका छन् ।

    प्राधिकरणका अनुसार निजी आवास बनाउन कुल ७ लाख ९६ हजार २ सय ४५ लाभग्राहीले अनुदान सम्झौता गरेका छन् । त्यसमध्ये ५ लाख ५६ हजार ४ सय ८७ घर पुनर्निर्माण सम्पन्न भएका छन् ।

    १ लाख ६८ हजार ८३ घर चालु आर्थिक वर्ष भित्रै निर्माण सम्पन्न हुने प्राधिकरणले जनाएको छ । निर्माण रोकिएका वा ढिला भएकाहरु घर अतिसीमान्तकृत लाभग्राही वा घर निर्माणमा अरुको सहयोग आवश्यक हुने समुदाय समेत रहेका छन् ।

    विद्यालयतर्फ ७५५३ भवन निर्माणको लक्ष्य रहेकोमा ६०८५ निर्माण सकिएको र १४६८ वटा विद्यालय निर्माण जारी रहेको प्राधिकरणको तथ्यांक छ ।

    स्वास्थ्यसंस्थातर्फ ११९६ वटा पुनर्निर्माणको लक्ष्य रहेकोमा ६९८ वटा पुनर्निर्माण सकिएका छन् । १४३ भवन निर्माणाधिन अवस्थामा छन् । सुरक्षा निकायको भवनतर्फ २१६ भवनको लक्ष्य रहेकोमा २१४ भवन बनिसकेका छन् ।

    सरकारी भवनतर्फ ४१५ लक्ष्य रहेकोमा ५ वर्षको अवधिमा ३७५ भवन बनिसकेका छन् । ३८ वटा भवनको निर्माण जारी रहेको छ । पुरातात्विक सम्पदातर्फ ९२० सम्पदा पुनर्निर्माण हुनुपर्नेमा ४६५ सम्पदा बनिसकेका छन् ।

    अब २७२ सम्पदाको पुनर्निर्माण जारी रहेको छ । गुम्बातर्फ १३२० क्षति भएकोमा २९४ गुम्बाको पुनर्निर्माण सम्पन्न भएको छ ।

    ३ खर्ब ३९ अर्ब खर्च

    ५ वर्षको अवधिमा प्राधिकरणले कुल ३ खर्ब ३९ अर्ब रुपैयाँ खर्च गरिसकेको छ । पुनर्निर्माण प्राधिकरणले जिम्मा लिएका कुल काम गर्न बजेट अनुमान ४ खर्ब ८८ अर्ब रहेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म यस आवका लागि पुनर्निर्माणका लागि विनियोजन भएको बजेटबाटै काम हुने र अधिकांश काम चालु आवमै पुरा गर्ने तयारी छ ।

    आगामी आवको साउनबाट पुससम्मको काम भने भएका कामको डकुमेन्टेसन, बाँकी खर्च फरफारक गर्ने र व्यवस्थापकीय काम पुरा गरिने प्राधिकरणका सचिव सुरेश आचार्यले जानकारी दिए ।

    त्यसपछि पनि पुरा हुन नसकेका काम भने नेपाल सरकारका सम्बन्धित निकायले जिम्मेवारी लिने छन् । आधारभूत रुपमा पुनर्निर्माणको काम भने चालु आर्थिक वर्षभित्रै सकिने प्राधिकरणले जनाएको छ ।

    सचिव आचार्यका अनुसार सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालय रहने मूख्य भवनको पुनर्निर्माणको काम माघसम्म सक्ने लक्ष्य छ । चालु आर्थिक वर्षभित्रै धरहरा र काष्ठमण्डप पुनर्निर्माणको काम पुरा  गर्ने लक्ष्य छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.